नेपाली कांग्रेस प्वाँख झरेको कुखुरा भयो: जीवनबहादुर शाही

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १४, २०७५
|
१७
|
२६ पटक हेरिएको
Shares

सारांश

  • सुर्खेत ।
  • कणाली  प्रदेश सांसद जीवनबहादुर शाहीले नेपाली कांग्रेस  प्वाँख झरेको माउजस्तो भएको बताएका छन् ।
  • नेपाल स्वास्थ्यकर्मी संघको सातौं जिल्ला अधिवेशनमा बोल्दै शाहीले भर्खरै चल्ला कोरेको माउले चल्लालाई ओत दिएर संरक्षण गर्नुपर्ने ठाँउमा आफैँ प्वाँख झरेर संरक्षण गर्न नसक्ने अवस्थामा पार्टी पुगेको बताएका हुन् ।

सुर्खेत । कणाली  प्रदेश सांसद जीवनबहादुर शाहीले नेपाली कांग्रेस  प्वाँख झरेको माउजस्तो भएको बताएका छन् ।

नेपाल स्वास्थ्यकर्मी संघको सातौं जिल्ला अधिवेशनमा बोल्दै शाहीले भर्खरै चल्ला कोरेको माउले चल्लालाई ओत दिएर संरक्षण गर्नुपर्ने ठाँउमा आफैँ प्वाँख झरेर संरक्षण गर्न नसक्ने अवस्थामा पार्टी पुगेको बताएका हुन् ।

पार्टीका नेताहरूलार्इ व्याङग्य गर्दै शाहीले अरुका कारण नभई आफ्नै कारणले चुनावमा हार व्यहोर्नु परेको उल्लेख गरे । माउपार्टी कमजोर हुँदा पार्टीका सबै संरचनाहरु कमजोर भएकाे बताउदै शाहीले भने  ‘पार्टीका कार्यकर्ताहरुले एक अर्कामा दोषारोपण नगरी सबै तहका नेताहरुले निर्वाचन परिणामको जिम्मेवारी लिनुपर्छ ।’
कांग्रेसजनहरुमा निराशा उत्पन्न भयो’ शाहीले भने,‘पार्टीलाई मजबुत बनाउन नेताहरु एक ढिक्का हुनुको विकल्प छैन् ।’ शाहीले आफु पर्यटन मन्त्री र गगन थापा स्वास्थ्य मन्त्रीहुँदा नै स्वास्थ्य स्वंयमसेविकाको जिविकोपार्जनलाई सहज तुल्याउन प्रयास गरिएको स्मरण गराए ।

‘स्वंयकसेविकाको हितमा कार्यक्रम ल्याएपनि ९ महिनामै सरकार छोड्दा प्रयासले निरन्तरता पाएन’ शाहीले थपे,‘पछिल्लो सरकारले आफूहरुले ल्याएका कार्यक्रम ओझेलमा पार्दा स्वयंसेविकाको माग पुरा हुन सकेन् ।’ पार्टीको केन्द्रीय सदस्य समेत रहेका शाहीले प्रदेश भौगोलिक विकटताभन्दा जनसङ्ख्यालाई आधार बनाएर बजेट ल्याए कर्णाली प्रदेशको समृद्धि सम्भव नहुने दावी गरे ।

पञ्चहरुका कारण पञ्चायत ढलेको बताएका सांसद हिमबहादुर शाहीले कम्यूनिष्टहरुकै कारण कम्यूनिष्टको सरकारको पतन हुने दावी गरे । पूर्व सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले अरुलाई सम्मान गर्न सिके काँग्रेसलाई घाटा नहुने बताए ।

उनले यो प्रदेशबाट निर्वाचित भएका आफ्ना पार्टीका सासंदहरु को–को हुन भनेर चिन्ह समेत कुनै कार्यक्रमको आयोजना गर्न नसक्नु सुर्खेत काँग्रेसको कमजोरी भएको आरोप लगाएका विष्टले आफूले झुकेर सम्मान गरे अरुलेपनि आफुलाई सम्मान गर्ने पाठ सिकाए ।

स्वास्थ्यकर्मी संघ सुर्खेतका अध्यक्ष राजेश बुढाले आफ्नो कार्यकालको प्रतिवेलन पेश गरेका थिए । उद्घाटन सत्रमा स्वास्थ्य पत्रकार समुहका अध्यक्ष श्रीधर पौड्याल लगायतका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

17 कमेन्ट

    Comment Author

    Nir Kumar Gurung

    Jado ma ki garmi ma neta ji.aahile ta garmi 6 ramaoilo nai hola

    Comment Author

    Mohan Kayasta

    Masu ta chha Pwanh nabhayepani .

    Comment Author

    Laxmi Adhikari

    पानेता तिमी हरु नै हौ

    Comment Author

    Rishi Subedi

    Sabai lai khana sajilo bho

    Comment Author

    Raj Budhathoki

    हो हो पानेता तिमीहरु नै त हो

    Comment Author

    Rebant Bhat

    hora bichra!

    Comment Author

    Tekbdr Tamang

    आबो कुनै पाटि ले फुर्ती नलगाये हुन्छ सबै लाई चिनी साके नेपाली जनताले

    Comment Author

    Tilak Khatri

    अब जाडोसम्म पनि प्वाख पलायन भने?

    Comment Author

    Gita Prasad Dulal

    प्व्ख पलाय पछि फेरी कसैले भेट्न् सक्दैन नि

    Comment Author

    Ashok Kumar Sharma

    Sahi mulyakan

    Comment Author

    Ashok Kumar Sharma

    Ahile ta pahila mantri vako khub yaad aayohola ni.aba ta timiharu itihas ma matra

    Comment Author

    Yadu Mishra

    Saaafa bhaakai ramro

    Comment Author

    Rajendra Aachary

    प्वाख पलायो प्वाख पलाए पछी सिघ्दिन्छ भन्थे पुरानाले कि कसो

    Comment Author

    Shiva Prasad Pokhrel

    तिमी मन्त्री हुदा फुरति अर्कोतर्फ थि्यत।

    Comment Author

    Sandeep Chaulagain

    आफ्नो मुख ऐनमा हेरको छ र मास्टर ।

    Comment Author

    Tulasi Prasad Bhatta

    आफू अर्को मा गएर बिलए भएको चाहिँ बिर्से जस्तो छ,सोल्टीले आफ्नो औकात हेरेर अरुलाइ भन्नू नि✋

    Comment Author

    Deepak Kunwar

    जून थाऊ मा पहिला हुनू हून थीयो तेहि थाऊ मा pugne अवस्था आउछ don’t wary

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 17
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?