क्युआर कोड मार्फत गरिएको भुक्तानीलाई राष्ट्र बैंकले स्वीकार गर्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २४, २०७९
|
|
१८ पटक हेरिएको
Shares
क्युआर कोड मार्फत गरिएको भुक्तानीलाई राष्ट्र बैंकले स्वीकार गर्ने

सारांश

  • काठमाडौ  ।
  • नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले क्युआर कोड मार्फत भुक्तानी स्वीकार गर्ने भएको छ ।
  • राष्ट्र बैंकको मुद्रा ब्यबस्थापन विभागले एक सूचना जारी गर्दै टक्सार महाशाखाबाट क्युआर मार्फत भुक्तानी स्वीकार गर्ने जनाएको हो ।

काठमाडौ  । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले क्युआर कोड मार्फत भुक्तानी स्वीकार गर्ने भएको छ । राष्ट्र बैंकको मुद्रा ब्यबस्थापन विभागले एक सूचना जारी गर्दै टक्सार महाशाखाबाट क्युआर मार्फत भुक्तानी स्वीकार गर्ने जनाएको हो ।

विभागका अनुसार टक्सार महाशाखामा २०७९/०७/२३ गतेबाट सुनको असर्फी, चाँदीको मेडालियनरस्मारिका सिक्काहरु खरिद तथा रु. १ र २ का सिक्काहरु सटही गर्दा क्युआर कोड मार्फत पनि भुक्तानी स्वीकार गर्ने व्यवस्था सञ्चालन गरिएको छ ।

महाशाखाबाट सर्बसाधारणले सुनको असर्फी, चाँदीको मेडालियनरस्मारिका सिक्काहरु खरिद तथा रु. १ र २ का सिक्काहरु खरिद गर्न सक्ने ब्यबस्था छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?