सुशील कोइराला क्यान्सर अस्पताल शुरु हुँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १०, २०७५
|
|
१७ पटक हेरिएको
Shares
सुशील कोइराला क्यान्सर अस्पताल शुरु हुँदै

सारांश

  • काठमाडौं १० असार- बाँकेको खजुरामा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल भोलि सोमबारदेखि ओपिडी सेवा शुरु हुँदैछ ।
  • आज सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले ओपिडी सेवाको शुभारम्भ गर्ने कार्यक्रम तय भइसकेको छ ।
  • ओपिडी सेवा सञ्चालनका लागि अस्पताल व्यवस्थापन समितिले चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीको व्यवस्थापन गरिसकेको छ ।

काठमाडौं १० असार- बाँकेको खजुरामा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल भोलि सोमबारदेखि ओपिडी सेवा शुरु हुँदैछ ।

आज सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले ओपिडी सेवाको शुभारम्भ गर्ने कार्यक्रम तय भइसकेको छ । ओपिडी सेवा सञ्चालनका लागि अस्पताल व्यवस्थापन समितिले चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीको व्यवस्थापन गरिसकेको छ ।

अस्पतालमा सरकारबाट १ सय शैयाको मान्यता पाएको अस्पतालले पहिलो चरणअन्तर्गत ५९ शैयाबाट सेवा शुरु गर्ने भएको हो । अस्पताल व्यवस्थापन समितिका अनुसार अस्पताल निर्माणमा ३५ करोड खर्च भइसकेको छ । चालु आर्थिक वर्षका लागि सरकारले अस्पताल सञ्चालनका लागि १८ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।

अस्पतालको सेवा प्रारम्भ भएपछि प्रदेश ५ र ७ का नागरिकलाई स्वास्थ्य सेवा पाउन सहज हुने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?