उदयपुर विष्फोटमा उम्मेदवार नै घाइते, उपचारका लागि काठमाडौं ल्याइयो
सारांश
- कटारी (उदयपुर), १३ मंसिर ।
- एम्बुसमा परि घाइते भएका उदयपुर-२ को प्रतिनिधिसभामा नेपाली काग्रेसका उम्मेदवार नारायण कार्की र नेविसंघ जिल्ला अध्यक्ष मीरा कट्वाललाई उपचारार्थका लागि काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।
- उदयपुरको कटारीबाट नेपालटारको आमसभातर्फ जाँदै गर्दा कार्की चडेको बा १५ च ७८०६ नम्बर गाडी एम्बुसमा परेको थियो।
कटारी (उदयपुर), १३ मंसिर । एम्बुसमा परि घाइते भएका उदयपुर-२ को प्रतिनिधिसभामा नेपाली काग्रेसका उम्मेदवार नारायण कार्की र नेविसंघ जिल्ला अध्यक्ष मीरा कट्वाललाई उपचारार्थका लागि काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।
उदयपुरको कटारीबाट नेपालटारको आमसभातर्फ जाँदै गर्दा कार्की चडेको बा १५ च ७८०६ नम्बर गाडी एम्बुसमा परेको थियो। नेपाली काग्रेस उदयपुरका नेता लबराज अधिकारीका अनुसार विष्फोट हुँदा गाडी करिब १० मिटर माथिसम्म उफ्रिएको थियो । गाडी क्षतिगस्त बनेको छ ।
घटनामा परी उम्मेदवार कार्की र नेबिसंघ जिल्ला सदस्य मीरा कटुवाल गम्भीर घाइते हुनुभएको थियो ।

कार्कीको हातको औला चुडिएको छ, अनुहार र खुट्टामा गहीरो चोट लागेको छ । मिरा कट्वालको खुट्टा चुडिएको छ नेपाली कांग्रेसले जनाएको छ।
गम्भीर घाइते भएका दुबै जनालाई नेपाली सेनाको हेलीकोप्टरबाट काठमाडौं लगिएको थियो। सामान्य घाइते भएका दुइ जना सुरक्षाकर्मी र चालकको स्थानीय अस्पतालमा उपचार भैरहेको छ। त्यही गाडीमा रहेका अन्य दुइ जना भने सामान्य अबस्थामा रहेको अधिकारीले बताएका छन् ।
प्रतिक्रिया