क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिन सिफारिश गर्छु : सदस्य सचिव विष्ट
सारांश
- काठमाडौं, २१ माघ ।
- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशव विष्टले क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिन सिफारिस गर्ने स्पष्ट पारेका छन् ।
- यूएईविरुद्ध ऐतिहासिक एक दिवसीय र टी–२० सिरिज जितेर नेपाल फर्किएको नेपाली क्रिकेट टोलीलाई आज त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा स्वागत गर्दै विष्टले यस्तो बताएका हुन् ।
काठमाडौं, २१ माघ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशव विष्टले क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिन सिफारिस गर्ने स्पष्ट पारेका छन् ।
यूएईविरुद्ध ऐतिहासिक एक दिवसीय र टी–२० सिरिज जितेर नेपाल फर्किएको नेपाली क्रिकेट टोलीलाई आज त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा स्वागत गर्दै विष्टले यस्तो बताएका हुन् । उनले अघि भने,”प्रत्येक खेलाडीलाई ५ लाख दिन भोलि मन्त्रालयमार्फत प्रस्ताव लैजाँदैछु ।’
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया