होली पर्व : उच्छृङ्खल देखिए कारवाही

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ५, २०७५
|
|
२९ पटक हेरिएको
Shares
होली पर्व : उच्छृङ्खल देखिए कारवाही

सारांश

  • काठमाडौँ।
  • रङ्गको पर्व होलीलाई संस्कृतिअनुसार आपसी शुभकामना साटासाट गरेर शान्तिपूर्ण बनाउनका लागि नेपाल प्रहरीले विशेष प्रचारात्मक अभियान चलाएको छ।
  •   काठमाडौँ उपत्यकामा विगत तीन दिनदेखि नै हरेक प्रहरी इकाइमार्फत समुदायसँग मिलेर प्रचारप्रसार अभियान चलाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।
काठमाडौँ। रङ्गको पर्व होलीलाई संस्कृतिअनुसार आपसी शुभकामना साटासाट गरेर शान्तिपूर्ण बनाउनका लागि नेपाल प्रहरीले विशेष प्रचारात्मक अभियान चलाएको छ। 
काठमाडौँ उपत्यकामा विगत तीन दिनदेखि नै हरेक प्रहरी इकाइमार्फत समुदायसँग मिलेर प्रचारप्रसार अभियान चलाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए। 
उनका अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरी र समुदायले संयुक्त अभियानमार्फत प्रचारात्मक र्यालीसहित माइकिङ, मोबाइलगस्ती गरेर सचेतना जगाइएको छ। तर उच्छृङखल देखियो भने कारवाही हुने उनले चेतावनी दिए। 
यो वर्ष काठमाडौँ उपत्यकालगायत पहाडी क्षेत्रमा चैत ६ गते र तराईमा चैत ७ गते होली मनाइन्छ। भित्री मधेशका कतिपय जिल्लामा भने होली दुबै दिन मनाउने गरिन्छ। रङ दलेर होली एक आपसमा भाइचाराका साथ खुशी मनाउँदै सद्भाव साटासाट गर्ने पर्व हो। 
तर पछिल्लो समयमा बेलुनमा पानी भरेर जथाभावी हान्ने, बटुवालाई फोहर पानी छ्याप्ने, जबरर्जस्ती रङ दल्नेलगायत उच्छृङ्खल गतिविधि देखिने गरेको छ। यस्ता विकृतिले कतिपयको लडेर त कतिपयको आपसी विवादका कारण मृत्यु नै भएका घटना छन्। 
अहिले जिल्ला प्रहरी कार्यालयलाई पनि घटना भएपछि पक्राउ गर्नुभन्दा घटना हुन नदिनका लागि विभिन्न कार्यक्रम गरी सचेतना अभियान सञ्चालन गर्न निर्देशन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले घटना हुन नदिन शुरुमै प्रचारात्मक कार्यक्रममार्फत सचेत बनाउँदै संस्कृति र परम्परा अनुसार होली खेल्न अनुरोध गरिएको छ। पर्वका दिन कुनै उच्छुङ्खलता देखियो भने पक्राउ गरी कारवाही गरिने बताए। 
समुदाय र प्रहरीको संयुक्त अभियान जारी रहेकाले विगतको भन्दा घटना न्यूनीकरण हुने विश्वास गरिएको उनको भनाइ छ। यसपटक काठमार्डौँमा मात्रै १०७ स्थानमा चेक प्वाइन्ट राखेर होलीलाई शान्तिपूर्ण बनाउने तयारी गरिएको प्रहरीले जनाएको छ। 
होलीको दिन बुधबार सादा पोशाकमा दुई हजार सुरक्षाकर्मी परिचालन गरिने छ। काठमाडौँको बसन्तपुर, टुँडिखेल, सामाखुसी, टोखा, महाराजगञ्जलगायत १८ स्थानमा होली कार्यक्रम सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयबाट विभिन्न सङ्घ संस्थाले अनुमति लिएका छन्। 
सो क्षेत्रमा आवश्यक सुरक्षा व्यवस्था मिलाएको जानकारी दिँदै परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक बोगटीले इच्छा विपरीत होली दल्ने, लोला हान्ने, पानी खन्याउने, अमर्यादित गतिविधि गरेको पाइएमा अभद्र व्यवहार अन्तर्गत कानूनी कारवाही हुने उल्लेख गरे। 
“सबैलाई मेरो विनम्र अनुरोध छ, होलीलाई संस्कृतिअनुसार शान्तिपूर्ण तवरले मनाइदिनु होला” बोगटीले थपे। यस्ता गतिविधि देखिएमा नजिकैको प्रहरी कार्यालयमा अथवा प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिन समेत आह्वान गरिएको छ। 
काठमाडौँ उपत्यकाको तीन जिल्ला हेर्ने महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले होलीलाई नै केन्द्रीत गरेर सुरक्षा योजना बनाएको जानकारी दिंँदै शङ्कास्पद क्षेत्रमा विशेष निगरानीका साथै सुरक्षाकर्मी समेत थप गरिएको बताए। 
उनले होलीमा अवाञ्छित गतिविधि नहोस् भनेर अहिलेदेखि नै काठमाडौँ, ललितपुर र भक्तपुरमा समुदायसँग समन्वय गरी सचेतना अभियान सञ्चालन गरिएको जानकारी दिए। 
सतहत्तररै जिल्लाले तीन दिन देखिनै होली विशेष सुरक्षा योजना अन्तर्गत प्रचारात्मक कार्यक्रम अघि बढाएको र मापसे चेकजाँचदेखि अवाञ्छित गतिविधि निगरानीमा प्रहरी कर्मचारी थपेर सुरक्षा मजबुद बनाइएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताए। उनका अनुसार सादा पोशकका प्रहरी, घुमुवा प्रहरी र गस्ती टोलीसमेत बढाइएको छ। 
हिरण्यकश्यप नामक राक्षसले भगवान् विष्णुका भक्त रहेका आफ्नै छोरा प्रल्हादलाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई जिम्मा दिएको र होलिकाले प्रल्हादलाई काखमा लिएर अग्निमा प्रवेश गर्दा होलिका जलेको तर प्रल्हादलाई केही नभएको किम्बदन्तीअनुसार त्यसैको खुशियालीमा एकआपसमा रङ दलेर होली मनाउने प्रचलन छ। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिन्धुलीमा एक वृद्ध आइसोलेसनमा भर्ना
सिन्धुलीमा एक वृद्ध आइसोलेसनमा भर्ना
स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनमा ट्याक्सीमाण्डुका अर्जुन केसी बिजयी
स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनमा ट्याक्सीमाण्डुका अर्जुन केसी बिजयी
कांग्रेस संसदीय दल निर्वाचनः देउवालाई थापा-कोइराला समूहको टक्कर
कांग्रेस संसदीय दल निर्वाचनः देउवालाई थापा-कोइराला समूहको टक्कर
डिल्लीबहादुर चन्दलाई रिहाई गर; कांग्रेस
डिल्लीबहादुर चन्दलाई रिहाई गर; कांग्रेस
ट्रकको ठक्करबाट चार बर्षे बालकको मृत्यु ! घटनाको विरोधमा स्थानीय र प्रहरीबीच झडप…
ट्रकको ठक्करबाट चार बर्षे बालकको मृत्यु ! घटनाको विरोधमा स्थानीय र प्रहरीबीच झडप…
विनोद चौधरीद्वारा कोरोना संक्रमित केसी र थापाको स्वास्थ्यलाभको कामना
विनोद चौधरीद्वारा कोरोना संक्रमित केसी र थापाको स्वास्थ्यलाभको कामना
निर्वाचन आयोग, सरकार र व्यवस्थापिका संसद्लगायत निकायलाई छलफलमा झिकाइयो
निर्वाचन आयोग, सरकार र व्यवस्थापिका संसद्लगायत निकायलाई छलफलमा झिकाइयो
नेपाल भारत सीमा विवाद विश्वका यी सञ्चारमाध्यममा
प्रधानन्यायाधीश पराजुलीमाथि छानविन नभएसम्म जेलमै अनशन बस्छु : डा.केसी
प्रधानन्यायाधीश पराजुलीमाथि छानविन नभएसम्म जेलमै अनशन बस्छु : डा.केसी
वैदेशिक रोजगारमा जानेहरुकाे समस्यालाई लिएर सांसदद्वारा सरकारको ध्यानाकर्षण !
वैदेशिक रोजगारमा जानेहरुकाे समस्यालाई लिएर सांसदद्वारा सरकारको ध्यानाकर्षण !

तपाईंले छुटाउनुभयो कि?