क्रिकेट मैदानमा वम विस्फोट, ८ को मृत्यु ४५ घाइते
सारांश
- काबुल, ५ जेठ ।
- अफगानीस्तानको खेल चलिरहेको एक स्टेडियममा वम विस्फोट भएको छ ।
- अफगानिस्तानको जललाबादमा खेल मैदानमा आठ जनाको ज्यान जानेगरी बम विस्फोट भएको हो ।
काबुल, ५ जेठ । अफगानीस्तानको खेल चलिरहेको एक स्टेडियममा वम विस्फोट भएको छ ।
अफगानिस्तानको जललाबादमा खेल मैदानमा आठ जनाको ज्यान जानेगरी बम विस्फोट भएको हो ।
शुक्रबार राती ११।२० मा सो क्रिकेट मैदानमा विस्फोटन भएको अधिकारीले शनिबार जानकारी दिएका छन् ।
सो क्रिकेट मैदानमा मुस्लिम धर्मावलम्बीको एक महिने रमजान पर्वको अवसरमा आयोजित स्थानीयस्तरको क्रिकेट प्रतियोगिता चलिरहेको थियो ।
विस्फोटनमा परी घाइते भएका ४५ जनाको स्थानीय अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मृत्यु भएका सबै जना क्रिकेट प्रतियोगिताको आयोजक थिए । घटनाको प्रान्तीय गभर्नर हयातुल्लाह हयातले कडा निन्दा गरेका छन् । अहिलेसम्म कुनै समूहले घटनाको जिम्मेबारी लिएको छैन ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया