अब नेपालको आफ्नै भू-उपग्रह हुने

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १२, २०७४
|
|
५४ पटक हेरिएको
Shares
अब नेपालको आफ्नै भू-उपग्रह हुने

सारांश

  • काठमाडौं, १२ फागुन- नेपालले अर्को वर्षभित्र आफ्नै भू-उपग्रह प्रक्षेपण गर्न तयारी थालेको छ।
  • नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जापानको एक कम्पनीसँग सम्झौता गरी आफ्नै भू-उपग्रह स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको हो।
  •  आजको अन्नपूर्ण पोष्ट दैनिकमा खगेन्द्र भण्डारीले खबर लेखेका छन् ।

काठमाडौं, १२ फागुन- नेपालले अर्को वर्षभित्र आफ्नै भू-उपग्रह प्रक्षेपण गर्न तयारी थालेको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जापानको एक कम्पनीसँग सम्झौता गरी आफ्नै भू-उपग्रह स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको हो। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खगेन्द्र भण्डारीले खबर लेखेका छन् ।

भू-उपग्रहसम्बन्धी अध्ययन-अनुसन्धान गर्न नास्टले माघ ३ गते जापानको क्युटेक (क्युस इन्स्टिच्युट अफ टेक्नोलोजी) सँग सम्झौता गरेको नास्टका उपकुलपति डा.जीवराज पोखरेलले जानकारी दिए।

नास्टले यो इन्स्टिच्युटमा भू-उपग्रहसम्बन्धी अध्ययन गर्न दुई वर्षका लागि दुई जना इन्जिनियरलाई जापान पठाउने भएको छ। नास्टले इलेक्ट्रोनिक इन्जिनियर हरेराम श्रेष्ठलाई जापान पठाउन छनोट गरिसकेको छ भने अर्का एक प्राविधिकको छनोट कार्य जारी राखेको छ।

नेपालमा भू-उपग्रहबारे जानकार जनशक्ति नभएका कारण अध्ययनका लागि प्राविधिकलाई जापान पठाउन लागिएको हो। दुई जनामध्ये एक जनालाई इन्स्टिच्युटले पूर्ण छात्रवृत्ति दिने भएको छ भने अर्का एक जनाको खर्च सरकारले नै व्यहोर्नु पर्नेछ। नास्टले यसका लागि अर्थ मन्त्रालयसँग करिब १ करोड ८० लाख बजेट माग गरेको छ। तर, अर्थले भने बजेट उपलब्ध गराउने स्वीकृति जनाए पनि अझै उपलब्ध भने भइनसकेको उपकुलपति पोखरेलले जनाए। उनले भने, ‘हामीले तीन महिनाअघि नै बजेट माग गरेका हौं, अर्थले दिन्छु पनि भनेको हो तर अझै हामीले बजेट पाएका छैनौं।’

विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता सहसचिव सुरेन्द्र सुवेदीले बजेटका लागि अर्थसँग छलफल भइरहेको बताए।उनले भने, ‘भू-उपग्रहका लागि हार्डवेयरतर्फ सहयोग गर्छौं, अध्ययनका लागि करोडभन्दा बढी बजेट विनियोजन गर्न सहज हुँदैन कि भन्ने अर्थको मनसाय देखियो।’

नास्टकै पहलमा जाइकाजस्ता संस्थासँग छात्रवृत्तिका लागि पहल गर्न अर्थ मन्त्रालयले जोड दिएको छ। यसका लागि अर्थले स्वीकृति दिने जनाएको छ। नास्टले भने अर्थले बजेट विनियोजनमा ढिलाइ गर्दा प्राविधिकलाई अध्ययनका लागि जापान पठाउन ढिलाइ भइरहेको गुनासो गरेको छ।

नास्टका उपलकुलपति पोखरेलका अनुसार अर्को वर्षको अगस्टमा भू-उपग्रह प्रक्षेपण गर्ने तयारीसाथ काम भइरहेको छ। अमेरिकाको फ्लोरिडाबाट उक्त भू-उपग्रह प्रक्षेपण हुनेछ। न्यानो साइज (१० सेन्टिमिटर) को भू-उपग्रह नेपालकै पहिलो उपग्रह हुनेछ। सन् १९५७ मा तत्कालीन सोभियत संघले अन्तरीक्षमा पहिलो मानवरहित यन्त्र भू-उपग्रह पठाएपछि त्यसको एक वर्षपछि अमेरिकाले पनि भू-उपग्रह अन्तरीक्षमा पठाएको थियो। विकसित देशबीच भू-उपग्रह प्रक्षेपण गर्नेबारे प्रतिस्पर्धा नै देखिन्छ। छिमेकी भारतले पनि दुई वर्षअघि एकैपटक १०५ वटा भू-उपग्रह प्रक्षेपण गरेर विश्वकीर्तिमान कायम गरेको छ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Lal Singh Lal Singh

    very Good news

    Comment Author

    Hari Bahadur Magar

    Very good
    साचै होकी

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?