सरकार उदार भएकैले प्रदेश प्रमुखहरुलाई दुई बर्ष काम गर्न दिएको : प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १९, २०७६
|
|
३५ पटक हेरिएको
Shares
सरकार उदार भएकैले प्रदेश प्रमुखहरुलाई दुई बर्ष काम गर्न दिएको : प्रचण्ड

सारांश

  • काठमाडौँ ।
  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी उदार र लचिलो भएको हुनाले अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई दुई वर्षसम्म काम गर्न दिएको बताएका छन् ।
  • मंगलबार बाँकेमा आयोजित पत्रकारहरुसँगको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो सरकार अलिक उदार र लचिलो भएको हुनाले र कसैलाई चित्त नदुखोस् भनेर उहाँहरुलाई दुई वर्ष काम गर्न दिइयो ।

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी उदार र लचिलो भएको हुनाले अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई दुई वर्षसम्म काम गर्न दिएको बताएका छन् ।

मंगलबार बाँकेमा आयोजित पत्रकारहरुसँगको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो सरकार अलिक उदार र लचिलो भएको हुनाले र कसैलाई चित्त नदुखोस् भनेर उहाँहरुलाई दुई वर्ष काम गर्न दिइयो । अहिले फेर्न उचित हुने ठानेर फेरेका हौँ । यो सरकारको क्षेत्राधिकार भित्रको कुरा हो । यसलाई ठूलो ठान्नु पर्ने विषय होइन ।’

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा नियुक्त भएका सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाएर वर्तमान सरकारले नयाँ प्रदेश प्रमुखहरु नियुक्त गरेको छ । नवनियुक्त प्रदेश प्रमुखहरुले आज बिहान शीतलनिवासमा शपथ लिइ सकेका छन् ।

प्रचण्डले भने नेकपा नेतृत्वको सरकार उदार भएकाले अघिल्लो सरकारको पालामा नियुक्त भएका प्रदेश प्रमुखहरुलाई दुई वर्षसम्म काम गर्न दिएको बताए ।

सत्ता साझेदार बेखवर भनि समाचार आइरहँदा अध्यक्ष प्रचण्डले सत्ता साझेदार दल उपेन्द्र यादवसँग छलफल गरेर नै यो निर्णय लिइएको बताए । साथै उनले नयाँ प्रदेश प्रमुखहरुको नियुक्तिमा नेकपा नेता माधवकुमार नेपालले राखेको फरक मतलाई पनि ‘सामान्य’ भनेका छन् ।

“प्रदेश प्रमुख केन्द्रीय सरकारको प्रतिनिधि भएकाले सरकार परिवर्तन हुनासाथ फेर्ने प्रचलन सामान्य हो, सरकारले दुई वर्षपछि मात्र यो परिवर्तन गरेको छ”, उनले बताए,“यसलाई ठूलो ठान्नुपर्ने र के के न भयो भन्नुपर्ने केही छैन ।”नेपाली काङ्ग्रेस नेतृत्वको सरकारले नियुक्त गरेको प्रदेश प्रमुखलाई दुई वर्षसम्म परिवर्तन नगर्नु नै सरकारले सम्मान गरेको जानकारी दिँदै अध्यक्ष दाहालले भने, “अन्य देशमा पनि सरकार परिवर्तनसँगै प्रदेश प्रमुख पनि फेरिने प्रचलन छ, सरकारले प्रदेश प्रमुख परिवर्तन गर्नु स्वभाविक हो ।”

पछिल्लो समय आफू जनताका कुरा सिंहदरबार पु¥याउने अभियानमा लागेको उल्लेख गर्दै उनले आगामी मङ्सिर महिनामा हुने उपनिर्वाचनमा नेकपाका उम्मेदवारको जित सुनिश्चित भएको जिकिर पनि गरे । “उपनिर्वाचनको तयारी भएको छ, हामीले सर्वसम्मतरूपमा उम्मेदवार टुङ्गो लगाइसकेका छौँ”, अध्यक्ष दाहालले भने,“उम्मेदवारलाई जिताउन पार्टी र जनसङ्गठनका सबै तह र तप्का खटिएका छन्, हाम्रो जित सुनिश्चित छ ।”नेकपा बाँके जिल्ला शाखाले आयोजना गरेको तिहार, छठ, मोहर्रमलगायत पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन उनी नेपालगञ्ज पुगेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?