उदयपुरका सहायक वन अधिकृत लालबाबुमाथि कारवाहीको माग
सारांश
- अस्बिन खड्का उदयपुर, १२ चैत ।
- उदयपुरका पत्रकारहरुले सहायक वन अधिकृत लालबाबु यादवमाथि कारवाहीको माग गरेका छन् ।
- जिल्लाका चार सञ्चार संगठनहरुले संयुक्त विज्ञप्ति जारी गरी यादवमाथि चित्तबुझ्दो कारवाही नगरेसम्म जिल्ला प्रशासन, जिल्ला वन र त्यस मातहतका कार्यालयका सम्पूर्ण गतिविधिहरुलाई बहिष्कार गर्ने चेतावनी दिएका छन् ।
अस्बिन खड्का
उदयपुर, १२ चैत । उदयपुरका पत्रकारहरुले सहायक वन अधिकृत लालबाबु यादवमाथि कारवाहीको माग गरेका छन् । जिल्लाका चार सञ्चार संगठनहरुले संयुक्त विज्ञप्ति जारी गरी यादवमाथि चित्तबुझ्दो कारवाही नगरेसम्म जिल्ला प्रशासन, जिल्ला वन र त्यस मातहतका कार्यालयका सम्पूर्ण गतिविधिहरुलाई बहिष्कार गर्ने चेतावनी दिएका छन् ।
कर्मचारी आचरणको धज्जी उडाउँदै पत्रकारहरुलाई हदैसम्मको गाली बेइज्जती गरेका यादवलाई तत्काल निलम्बन गर्नुपर्ने माग सञ्चार संगठनहरुले गरेका छन् । जिल्ला वन कार्यालय उदयपुरका सहायक वन अधिकृत लालबाबु यादवले समाचारको विषयलाई लिएर पत्रकारहरुमाथि गरेको अपमानप्रति आपत्ति जनाउँदै कारवाहीको माग गरेका थिए । अधिकृत लालबाबु यादवले उदयपुरका पत्रकारहरुमाथि धावा बोलेको तथ्यले सुशासन, सुव्यवस्था र कानूनी राज्यको खिल्ली उडाएको भन्दै कारवाहीको माग गरिएको हो ।
स्थानीय होटलमा बसेर पत्रकारलाई गाली गर्ने सहायक वन अधिकृत लालबाबु यादवविरुद्ध नेपाल पत्रकार महासंघ, उदयपुर शाखाले कारवाहीको माग गर्दै उजुरी दिएको थियो । सोही विषयलाई लिएर यादवले अपशब्द प्रयोग गर्दै पत्रकार महासंघको नामै तोकेर उनले लड्नका लागि चुनौतीसमेत दिएका छन् । मदिराले लठ्ठिएको स्वरमा उनले आफू विन्दास मान्छे भएको, इज्जतका लागि मात्र जागिर खाएको भन्दै १० मिनेटमा अमेरिकाको भिसा लाग्ने फुर्ति समेत लगाएका थिए ।
तर अचानक सप्रमाण पत्रकारको उजुरीमा परेका जिल्ला वन कार्यालय उदयपुरका सहायक वन अधिकृत लालबाबु यादव र छानविन तथा कारवाही गर्ने अधिकारीहरु, नागरिक समाज, नेता र केही पत्रकारहरु नै वन सम्बन्धी अनुगमन कार्यक्रममा आज सँगसँगै निस्केका छन् । यसले गर्दा को सही ? को गलत ? स्थानीयवासी अलमलमा परेका छन् ।
Ganesh Chetri
नेपाल को सबै बन बिभाग मा चर्म भस्टा चार र तस्करी अनियमिता छ छाबिन होस
Dhan Khamcha
तेरो कर्तुत बहिर निक्लिन्छ भनेर तर्सिन थाल्यो होइन? किन कर्वाही गर्नु मन्त्री पण्डितलाई?
Bhavishwor Pandey
Tebaulai gara chor fataha kamchor talai barkhastagarnuparx ghuskhanapaenus.
Ramesh Wagle
डाका खान पाईन्न हाेला।
Tirtha Prakash Manandhar
K ho Trump sasoora nai paryuo ki kaso ?
Laxman Kunwar
Karbai ta tslai huncha . Kam garna sakinas ki kado?
Lal Singh Lal
यो डाकाले खान नपाएर हो कारवाइ त कसलाइ हुनछ कुकुर थाहा पाउलास आब काग्रेसले सिकायाका चोरहरु आब जेल चलान
JN Marasini
फेरि अर्को आयो पागल