गीताकुमारीलाई १ लाख घुस खाएको भन्दै भ्रष्टाचार मुद्दा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २४, २०७५
|
|
५४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा कार्यरत सहायक रजिष्ट्रार गीताकुमारी पन्थीले घुस लिएको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
  • कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वरमा दर्ता रहेको बोर्डिङ स्कुलको हालसम्म बाँकी रहेको कर तिर्न जाँदा राजश्व रकम कम गरिदिने बहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको अख्तियारले भेटाएको थियो ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा कार्यरत सहायक रजिष्ट्रार गीताकुमारी पन्थीले घुस लिएको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वरमा दर्ता रहेको बोर्डिङ स्कुलको हालसम्म बाँकी रहेको कर तिर्न जाँदा राजश्व रकम कम गरिदिने बहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको अख्तियारले भेटाएको थियो ।

उजुरीको आधारमा अख्तियारले पन्थीले सेवाग्राहीसँग १ लाख घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धान हुँदा पन्थीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो १ लाख कायम गरी भ्रष्टाचार निवारण ऐन अन्तर्गत विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?