‘क्रिसमस डे’ले सामाजिक सद्भावलाई बलियो बनाउन भूमिका खेल्नेछ: प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ९, २०८०
|
|
४७ पटक हेरिएको
Shares
‘क्रिसमस डे’ले सामाजिक सद्भावलाई बलियो बनाउन भूमिका खेल्नेछ: प्रधानमन्त्री

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिएका छन्।
  • शुभकामना सन्देशमा उनले क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ बलियो बनाउने भूमिका खेल्ने विश्वास लिएको बताएका छन्।

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिएका छन्।

शुभकामना सन्देशमा उनले क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ बलियो बनाउने भूमिका खेल्ने विश्वास लिएको बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले आज जारी गरेकाे सन्देशमा नेपालको संविधानले बहुसांस्कृतिक विविधतालाई सम्मान गर्दै मौलिक हकका रुपमा सुनिश्चित गरेको विभिन्न जात, जाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायबीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता कायम गरी राष्ट्रिय एकता प्रवर्द्धन गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन्।

२१औं शताब्दीको भूमण्डलीकरणको आधुनिक युगमा देश, भूगोल, भाषा, संस्कृति र आस्थाका दृष्टिले सिङ्गो मानव जाति नै गहिरो अन्तर्घुलनतर्फ उन्मुख भइरहेको प्रधानमन्त्री दाहालले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।

प्रधामन्त्री दाहालले राष्ट्रिय एकता र धार्मिक सहिष्णुतासहितको नेपाली मौलिक साझा राष्ट्रिय संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षासहित क्रिसमस पर्वले सङ्कीर्ण घेराहरु तोडेर बृहत्तर राष्ट्रिय हित र मानव जातिको कल्याणका निम्ति सबैलाई प्रेरित गर्दै आएको बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धरानमा व्यावसायिक प्याराग्लाइडिङ सेवा पुनः सुरु
धरानमा व्यावसायिक प्याराग्लाइडिङ सेवा पुनः सुरु
प्रधानमन्त्री ओलीको उद्घोष- दुई वर्ष पुग्नुभन्दा एक साता अघि नै राजीनामा दिन्छु
प्रधानमन्त्री ओलीको उद्घोष- दुई वर्ष पुग्नुभन्दा एक साता अघि नै राजीनामा दिन्छु
Journalist Laxman Dhakal to be awarded
Journalist Laxman Dhakal to be awarded
मादक पदार्थ सेवन गरी गाडी चलाएका ‘गुण्डा नाइके’ सत्यमान लामा पक्राउ
मादक पदार्थ सेवन गरी गाडी चलाएका ‘गुण्डा नाइके’ सत्यमान लामा पक्राउ
For what reason Do Persons Think That Internet dating Is Worth That? Here Is A number of the Benefits Of Internet dating!
नरेन्द्र मोदीको भ्रमण: मञ्च व्यवस्थापनको  २ करोड कता व्यवस्थापन गरे यि मन्त्रीले ?
नरेन्द्र मोदीको भ्रमण: मञ्च व्यवस्थापनको २ करोड कता व्यवस्थापन गरे यि मन्त्रीले ?
राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद् उपाध्यक्षमा नेपाल निर्वाचित
राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद् उपाध्यक्षमा नेपाल निर्वाचित
श्रीमानमाथि घडी बेचेको आरोप लगाउदै अलग्गिइन् सोफिया
श्रीमानमाथि घडी बेचेको आरोप लगाउदै अलग्गिइन् सोफिया
ओस्कार अवार्ड वितरणका क्रममा भएको ऐतिहासिक गल्तीका लागि ति दुई कर्मचारीलाई आइन्दा काम नदिने
ओस्कार अवार्ड वितरणका क्रममा भएको ऐतिहासिक गल्तीका लागि ति दुई कर्मचारीलाई आइन्दा काम नदिने
जित सुनिश्चित जस्तै भएपछि बाबुराम भट्टराई गोरखा पुग्दै
जित सुनिश्चित जस्तै भएपछि बाबुराम भट्टराई गोरखा पुग्दै