होटल क्षेत्रमा हुने महिला हिंसा न्यूनीकरणका लागि व्यवसायी संवेदनशील हुनुपर्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २३, २०७५
|
|
१८ पटक हेरिएको
Shares
होटल क्षेत्रमा हुने महिला हिंसा न्यूनीकरणका लागि व्यवसायी संवेदनशील हुनुपर्ने

सारांश

  • काठमाडौँ ।
  •  होटल क्षेत्रमा हुने हिंसा न्यूनीकरणका लागि व्यवसायी संवेदनशील हुनुपर्ने शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
  • महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत काठमाडौँको तारकेश्वर नगरपालिकाको राजमार्ग क्षेत्रका होटल व्यवसायीसँग भएको अन्तक्र्रिया कार्यक्रममा होटलमा हिंसा बलात्कार र आक्रमणका घटना बढेकाले व्यवसायीहरू सचेत हुनुपर्नेमा सहभागीहरूको जोड थियो ।

काठमाडौँ । होटल क्षेत्रमा हुने हिंसा न्यूनीकरणका लागि व्यवसायी संवेदनशील हुनुपर्ने शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत काठमाडौँको तारकेश्वर नगरपालिकाको राजमार्ग क्षेत्रका होटल व्यवसायीसँग भएको अन्तक्र्रिया कार्यक्रममा होटलमा हिंसा बलात्कार र आक्रमणका घटना बढेकाले व्यवसायीहरू सचेत हुनुपर्नेमा सहभागीहरूको जोड थियो ।

काठमाडौँ क्षेत्र नं ७ का सांसद रामवीर मानन्धरले सामाजिक सञ्जालले लैङ्गिक हिंसा बढाएको बताउँदै हिंसा नियन्त्रणका लागि सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । उहाँले होटल व्यवसायमा हुने विकृति नियन्त्रणका लागि सिसी क्यामेरा जडान गर्नुपर्नेमा जोड दिनुभयो ।

बालाजुस्थित महानगरीय प्रहरीवृत्तका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोइरालाले महिला बेचबिखनका लागि होटल नै प्रयोग हुने गरेकाले होटलमा आउने हरेक व्यक्तिको स्पष्ट विवरण राख्न आग्रह गर्नुभयो ।

तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहोराले होटल व्यवसायमा देखिएको यस्ता समस्या रोक्न प्रहरीसँग मिलेर काम गर्नुपर्ने र समुदायमा जनचेतना जरुरी रहेको औँल्याउनुभयो । लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल मूल समन्वय समितिकी अध्यक्ष देविना कार्कीले हिंसा रोक्न सबैको सहकार्य जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रीलाई २ करोड बुझाएर जोगिएकी कामिनीलाई २ अर्बको काण्ड लाग्दै !
मन्त्रीलाई २ करोड बुझाएर जोगिएकी कामिनीलाई २ अर्बको काण्ड लाग्दै !
दुई कलाकारको निधन स् प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि व्यक्त
दुई कलाकारको निधन स् प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि व्यक्त
कुशलको शतकको सहयोगमा नेपालद्वारा नामिबिया पराजित
कुशलको शतकको सहयोगमा नेपालद्वारा नामिबिया पराजित
सिन्धुलीमा बजारदेखि गाउँसम्म हात्ती आतंक
सिन्धुलीमा बजारदेखि गाउँसम्म हात्ती आतंक
‘हाम्रो चाहिँ वामपन्थी लोकतान्त्रिक गठबन्धन हो ,कांग्रेसको दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन सही हो’ –  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
‘हाम्रो चाहिँ वामपन्थी लोकतान्त्रिक गठबन्धन हो ,कांग्रेसको दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन सही हो’ – पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
हनुमानगढीमा हनुमान जयन्ती सुरु
हनुमानगढीमा हनुमान जयन्ती सुरु
कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ?
कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ?
गुन्डा नाइके ‘दावा’को कार्यक्रममा मन्त्री अतिथि
गुन्डा नाइके ‘दावा’को कार्यक्रममा मन्त्री अतिथि
नेपाल आइडल विजेता रवि ओडलाई मातृ शोक
राष्ट्रिय एकता जोगाउने शिक्षा चाहिन्छ – मुख्यमन्त्री राई
राष्ट्रिय एकता जोगाउने शिक्षा चाहिन्छ – मुख्यमन्त्री राई

तपाईंले छुटाउनुभयो कि?