ललितपुरमा अपराधका घटना वृद्धि !

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०७५
|
|
१८ पटक हेरिएको
Shares
ललितपुरमा अपराधका घटना वृद्धि !

सारांश

  • ललितपुर, २७ साउन ।
  • ललितपुरमा यो वर्ष अपराधलगायतका घटना केही बढेको पाइएको छ ।
  • महानगरीय प्रहरी परिसर ललितपुरमा गत वर्षभर दर्ता भएका मुद्दाका आधारमा यस वर्ष केही बढेको देखिएको हो ।

ललितपुर, २७ साउन । ललितपुरमा यो वर्ष अपराधलगायतका घटना केही बढेको पाइएको छ । महानगरीय प्रहरी परिसर ललितपुरमा गत वर्षभर दर्ता भएका मुद्दाका आधारमा यस वर्ष केही बढेको देखिएको हो । दुई वर्ष पहिले भन्दा गत वर्ष ८७ मुद्दा बढी दर्ता भएको परिसरले जनाएको छ । आव २०७३÷७४ मा ८५८ मुद्धा दर्ता भएकोमा ०७४÷७५ मा बढेर ९४५ पुग्यो । ठूलो मात्रामा नबढे पनि गत वर्षको मुद्दा सङ्ख्या अघिल्लो वर्षको भन्दा केही मात्रामा बढी रहेको परिसरका प्रवक्ता नरेन्द्र चन्दले बताए। उनले भने, “पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा गत वर्ष नै सबैभन्दा बढी घटना भएको देखिन्छ ।”

परिसरमा दर्ता भएका ९४५ घटनामा आरोपित प्रतिवादीहरु एक हजार १६५ पक्राउ परे । तीमध्ये पुरुष एक हजार १२२ र महिलाको सङ्ख्या ४३ छ । दर्ता मुद्दा र पक्राउ भएका प्रतिवादीमा सबैभन्दा बढी केही सार्वजनिक अपराध शीर्षकमा छन् । यो शीर्षकमा ४४६ मुद्दामा ६८२ जना पक्राउ परेका थिए । जिल्लाभरमा ९३ आत्महत्याका घटना भए । प्रवक्ता चन्दले भने, “आत्महत्याका घटना अघिल्ला वर्षहरुमा भन्दा बढी भएको पाइन्छ ।” प्रहरीले वर्षभरमा बन्दुक दुई, पेस्तोल छ थान र ७१ गोली बरामद गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?