निर्मला पन्त हत्या प्रकरणः डिएसपी कृष्णराज ओझालाई अनुसन्धान अधिकृत तोकियो
सारांश
- काठमाडौ १०,भदौ।
- महेन्द्रनगरकी बालिका निर्मला पन्तको बलात्कार तथा हत्या घटनाको अनुसन्धानमा प्रहरी नायब उपरीक्षक(डिएसपी)लाई अनुसन्धान अधिकृत तोकिएको छ।
- डिएसपी कृष्णराज ओझालाई अनुसन्धान अधिकृत तोकेर नयाँ कोणबाट घटनाको अनुसन्धान अघि बढाइएको छ।
काठमाडौ १०,भदौ। महेन्द्रनगरकी बालिका निर्मला पन्तको बलात्कार तथा हत्या घटनाको अनुसन्धानमा प्रहरी नायब उपरीक्षक(डिएसपी)लाई अनुसन्धान अधिकृत तोकिएको छ। डिएसपी कृष्णराज ओझालाई अनुसन्धान अधिकृत तोकेर नयाँ कोणबाट घटनाको अनुसन्धान अघि बढाइएको छ।
डिएसपी ओझा तीन दिनअघि मात्र कञ्चनपुरमा सरुवा भएका हुन्। यसअघि उनी धनगढीस्थित गणमा कार्यरत थिए। गम्भीर किमिसका अपराधमा डिएसपीलाई अनुसन्धान अधिकृत तोक्ने चलन छ।
नयाँ अनुसन्धान टिमले निर्मलाकी साथी रोशनी बम र उनकी दिदी बबिता बमलाई पक्राउ गरिसकेको छ। रोशनीकै घरमा गएका बेला निर्मलाको बलात्कार र हत्या भएको थियो। मृतकका आफन्तले उनीहरुमाथि नै आशंका गरेपनि प्रहरीले पक्राउ गरेर अनुसन्धान नगरेको भन्दै प्रहरीप्रति आक्रोश बढेको थियो। पक्राउ परेका दुवै जनालाई सोमबार अदालतमा उपस्थित गराइउने कञ्चनपुरका एसपी कुबेर कठायतले बताए। उनीहरुमाथि पोलिग्राफ टेस्ट गराउने समेत तयारी भइरहेको छ।
विगतमा पनि उनीहरुको कल डिटेल अनुसन्धान भएको बताइएपनि प्रहरीले निष्पक्ष अनुसन्धान नगरेपछि प्रश्न उठेको हो।
घटनाको विस्तृत अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको सहसचिव हरि प्रसाद मैनाली नेतृत्वको छानबिन समितिले घटनास्थलमा अनुसन्धान गरिरहेको छ। समितिले आइतबार मृतकका परिवारसँग छलफल गरेको छ। प्रारम्भिक छानबिनमा प्रहरीको कमजोरी भेटिएपछि एसपी बिष्टलाई निलम्बन गर्ने निर्णयमा गृह पुगेको हो।
Prem Chand
अाफनाे क्षमता कुशलता पुर्बक पर्दशन गर्नुहुनेछ।सफलताकाे अग्रिम शुभकामना।जय नेपाल