चन्द्रमामा पर्यटक लैजाने स्पेसएक्सको नयाँ योजना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २९, २०७५
|
|
३८ पटक हेरिएको
Shares
चन्द्रमामा पर्यटक लैजाने स्पेसएक्सको नयाँ योजना

सारांश

  • लस एन्जलस, २९ भदौ ।
  • स्पेसएक्सले बीग फाल्कन रकेट (बीएफआर)को प्रयोग गरी चन्द्रमाको परिधिमा पर्यटक लैजाने नयाँ योजना बिहीबार सार्वजनिक गरेको छ ।
  • अन्तरिक्षमा पर्यटकलाई लैजाने गरी बीएफआरमा व्यापक सुधार सहित डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

लस एन्जलस, २९ भदौ ।स्पेसएक्सले बीग फाल्कन रकेट (बीएफआर)को प्रयोग गरी चन्द्रमाको परिधिमा पर्यटक लैजाने नयाँ योजना बिहीबार सार्वजनिक गरेको छ । अन्तरिक्षमा पर्यटकलाई लैजाने गरी बीएफआरमा व्यापक सुधार सहित डिजाइन गरिएको कम्पनीले जनाएको छ ।कम्पनीले बीएफआरको प्रयोगमार्फत चन्द्रमाको परिधिमा उड्नका लागि विश्वकै पहिलो यात्रुसँग सम्झौता गरिसकेको बताएको छ । अन्तरिक्षमा यात्रा गर्ने सपना बोकेका व्यक्तिका लागि यो एउटा प्रस्थानविन्दु हो ।स्पेसएक्सले यसबारेमा थप विवरण सार्वजनिक गरेको छैन ।

टेस्ला विद्युतीय कार निर्माता कम्पनीका प्रमुख कार्यकारी इलोन मस्कले चन्द्रमाको परिधिमा यात्रु लैजाने घोषणा गरेको यो पहिलोपटक भने होइन । क्यालिफोर्नियाको यो कम्पनीले यसअघि पनि अन्तरिक्षमा पर्यटक लैजाने घोषणा गरेको थियो ।सन् २०१७ को फेब्रुअरीमा स्पेसएक्सले सन् २०१८ को अन्त्यसम्ममा दुई जना पर्यटकलाई अन्तरिक्षमा पठाउने घोषणा गरेको थियो ।

स्पेसएक्सले हाल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा आवश्यक सामग्री लैजाने काम गरिरहेको छ । स्पेसएक्सले यसअघि फाल्कन हेभी रकेट प्रक्षेपण गरिसकेको छ । तर, हालैका महिनामा यात्रुलाई अन्तरिक्षमा लैजाने कुरा स्थगित भएको थियो ।अन्तरिक्षमा जान चाहने दुई व्यक्तिको नाम र उनीहरुले भुक्तानी गर्नुपर्ने रकमका बारेमा कम्पनीले कहिल्यै सार्वजनिक गरेको थिएन ।

स्पेसएक्स समक्ष एएफपीले विस्तृत विवरण उपलब्ध गराउन अनुरोध गरेपनि कम्पनीले सोमबार मात्र विस्तृत जानकारी दिइने जनाएको छ ।मानवले सन् १९७२ मा एपोलो रकेट मार्फत चन्द्रमामा पहिलो पाइला टेकेका थिए ।चन्द्रमामा अहिलेसम्म केबल २४ जनाले पाइला टेकेका छन् ।स्पेसएक्स अमेरिकी अन्तरिक्ष एजेन्सी ९नासा० को मुख्य व्यापारिक साझेदार कम्पनी हो र यसले अन्तरिक्ष स्टेसनका लागि आवश्यक सामान ओसारपसारको काम गर्ने लक्ष्य राखेको छ ।बोइङ कम्पनीले पनि रकेट निर्माणको काम गरिरहेको छ, र यसको रकेट सन् २०१९ भित्र प्रक्षेपण गर्ने योजना छ ।स्पेसएक्सले हाल अन्तरिक स्टेसनका लागि सामान लैजान नासासँग एक अर्ब ६० करोड डलरको सम्झौता गरेको छ । स्पेसएक्सले नयाँ डिजाइन गरेको बीएफआरमा ३१ वटा इन्जिन रहेका र यसले १५० टन भारी बोक्न सक्दछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यालयमै धमाधम पढाई सुरु
विद्यालयमै धमाधम पढाई सुरु
माधव नेपाल प्रचण्डतिर, खनाल एमालेतिर लचक
माधव नेपाल प्रचण्डतिर, खनाल एमालेतिर लचक
वाम गठबन्धनले जितेपछि अनिष्ट हुने भ्रम गलत : उपाध्यक्ष रावल
वाम गठबन्धनले जितेपछि अनिष्ट हुने भ्रम गलत : उपाध्यक्ष रावल
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै
एकाविहानै मतदानमा नेताहरु, रामचन्द्र पौडेलदेखि प्रचण्डसम्म तस्विरसहित
एकाविहानै मतदानमा नेताहरु, रामचन्द्र पौडेलदेखि प्रचण्डसम्म तस्विरसहित
भेनेजुएलाका-अमेरिका गोप्य भेटवार्ता भएको खुलासा
भेनेजुएलाका-अमेरिका गोप्य भेटवार्ता भएको खुलासा
 विदेशी मिडिया आउटलेट तथा संस्थाहरूसँग सहकार्य गहिरो बनाउने सम्झौतामा सिन्ह्वाद्वारा हस्ताक्षर
 विदेशी मिडिया आउटलेट तथा संस्थाहरूसँग सहकार्य गहिरो बनाउने सम्झौतामा सिन्ह्वाद्वारा हस्ताक्षर
सडक दुर्घटना घटाउने उपाय खोज्न प्रधानमन्त्रीको निर्देशन
सडक दुर्घटना घटाउने उपाय खोज्न प्रधानमन्त्रीको निर्देशन
अबको शिक्षा ७० प्रतिशत प्राविधिक, ३० प्रतिशत साधारण : अध्यक्ष प्रचण्ड
Pin Up Azərbaycanın ən yaxşı kazinosu Rəsmi sayt Real pulla oynayı