टोटनह्याम हट्सपरको अद्धितिय पूनरागमन : आयाक्सलाई हराउँदै च्याम्पियन्स लिगको फाईनलमा प्रवेश

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २६, २०७६
|
|
१४ पटक हेरिएको
Shares
टोटनह्याम हट्सपरको अद्धितिय पूनरागमन : आयाक्सलाई हराउँदै च्याम्पियन्स लिगको फाईनलमा प्रवेश

सारांश

  • काठमाडौं, २६ वैशाख ।
  • नेदरल्यान्ड्सको आयाक्स एम्सटरडरमलाई हराउँदै इंग्लिस क्लब टोटनह्याम हट्सपर युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
  • गएराति नेदरल्यान्ड्समा भएको सेमिफाइनल दोस्रो लेगको खेलमा पाहुना टोली टोटनह्याम ३–२ ले विजयी भयो ।

काठमाडौं, २६ वैशाख । नेदरल्यान्ड्सको आयाक्स एम्सटरडरमलाई हराउँदै इंग्लिस क्लब टोटनह्याम हट्सपर युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

गएराति नेदरल्यान्ड्समा भएको सेमिफाइनल दोस्रो लेगको खेलमा पाहुना टोली टोटनह्याम ३–२ ले विजयी भयो । पहिलो हाफमा २–० ले पछि परेको टोटनह्यामले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै परिणाम उल्टायो ।

उसका लागि ह्याट्रिक गरेका लुकास मौराले इन्जुरी समयमा निर्णायक गोल गरेका हुन् । पहिलो लेगमा १–० ले पराजित भएको टोटनह्याम दोस्रो लेगमा हिजो ३–२ ले विजयी भएसँगै समग्रमा खेल ३–३ गोलको बराबरीमा पुग्यो । यस्तोमा आयाक्सको मैदानमा गरेको अवे गोलको आधारमा टोटनह्याम प्रतियोगिताको फाइनलमा पुगेको हो ।

फाइनलमा अब टोटनह्यामले अर्को इंग्लिस क्लब लिभरपुलसँग खेल्नेछ । फाइनल खेल आउँदो जुन १ तारिखमा स्पेनको राजधानी मड्रिडमा हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?