काठमाडौँ- ८ मा बाम गठबन्धन ‘पुरानो इतिहास फर्काइएरै छाड्छौँ’
सारांश
- काठमाडौँ ।
- काठमाडौँ क्षेत्र नम्बर ८ मा वाम गठबन्धनले औपचारिक रुपमा प्रचार प्रसार कार्य आरम्भ गर्दै पुरानो इतिहास फर्काएरै छोड्ने दृढता व्यक्त गरेको छ।
- काठमाडौँको डल्लु आवासमा गठबन्धनमा सहभागी दुई दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त कार्यकर्ता भेला गरी विगतको विरासतलाई यसपटक कुनै पनि हालतमा फर्काएरै छोड्ने दृढता व्यक्त गरेका हुन।
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ८ मा वाम गठबन्धनले औपचारिक रुपमा प्रचार प्रसार कार्य आरम्भ गर्दै पुरानो इतिहास फर्काएरै छोड्ने दृढता व्यक्त गरेको छ।
काठमाडौँको डल्लु आवासमा गठबन्धनमा सहभागी दुई दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त कार्यकर्ता भेला गरी विगतको विरासतलाई यसपटक कुनै पनि हालतमा फर्काएरै छोड्ने दृढता व्यक्त गरेका हुन।
भेलामा दुवै दलका नेताहरुले वामपन्थीको मत विभाजनको फाईदा उठाउँदै आएको काँग्रेसलाई यसपटक हराउनै पर्ने विश्वासमा आफुहरु रहेको बताए ।
भेलामा नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले देश र जनतालाई पराधिन बनाउने काँग्रेस सम्वृद्धि र विकासको बाधक भएकोले दुई वाम दल एक भएर जनता सामु आएको बताईन। उनले भनिन, ‘देशलाई गरिब बनाउने र सीमित व्यक्तीहरुलाई पोस्ने काँग्रेसबाट देशको विकास सम्भव छैन। त्यसैले अब स्थिरता, विकास र सम्वृद्धिका लागि वाम गठबन्धन बनाएका हौँ।’
उपाध्यक्ष शाक्यले चुनाव लगत्तै वाम गठबन्धनको दुई तिहाई बहुमतको सरकार बन्ने र दुवै पार्टी एउटै झण्डामुनी अटाउने दावी गरिन्। काठमाडौँ क्षेत्र नम्बर ८ को ‘ख’बाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेकी उनले सम्वृद्धि र विकास आफुहरुको पहिलो लक्ष्य भएको स्पष्ट पारिन।
कार्यक्रममा क्षेत्र नम्बर ८ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार जीवनराम श्रेष्ठले काँग्रेसले दुई कार्यकाल जित्दा पनि सिन्को सम्म भाँच्ने काम नगरेको बताए। उनले विगतमा वामपन्थी शक्तीको विरासत मानिएको क्षेत्र नम्बर ८ मा आफुहरुले पुरानो इतिहास फर्काएरै छाड्ने बताए। वाम गठबन्धन भित्र कुनै प्रकारको बेमेल नभएको भन्दै त्यसैका आधारमा फेरी जनताको आँखामा छारो हाल्ने काँग्रेस योजना सफल नहुने बताए।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सरिता महर्जनले दुई कार्यकाल जीतेको काँग्रेसले ८ नम्बर क्षेत्रका जनतालाई ढाँट्ने काम गरेकोले जनता परिवर्तनका पक्षमा रहेको जिकिर गरिन। वाम गठबन्धन चुनावका लागि मात्र नभएको भन्दै उनले पार्टी एकता हुनेमा शंका नगर्न आग्रह गरिन।
कार्यक्रममा क्षेत्र नम्बर ८ क प्रदेशसभाका उम्मेदवार राजेश शाक्यले आफुहरु जनताको चाहाना अनुसार विकास र सम्वृद्धिको योजनासहित चुनावमा होमिएको बताए।
प्रतिक्रिया