खानेपानीको विषय नारा मात्रै, सडकको अवस्था पनि उस्तै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ६, २०७४
|
|
२६ पटक हेरिएको
Shares
खानेपानीको विषय नारा मात्रै, सडकको अवस्था पनि उस्तै

सारांश

  • बनेपा, पुस ६ ।
  •   “काभ्रेपलाञ्चोक प्रादेशिक राजधानी बन्छ कि बन्दैन, भूकम्पपीडितलाई पुनःनिर्माण गर्ने समय कम भएकाले म्याद थप गर्नुप¥यो, खानेपानीको विषय सधैँ नारामा मात्रै सीमित भयो, सडकको अवस्था उस्तै छ, विजयी भएपछि पनि उम्मेद्वार सधैँ गाउँ आउने वातावरण हुनुपर्छ ।
  • ” जिल्लाका विभिन्न स्थानबाट प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि निर्वाचित सांसदहरु मतदातालाई धन्यवाद दिन गाउँ गाउँ पुग्दा मतदाताले गरेका यी आग्रह हुन् ।

बनेपा, पुस ६ ।  “काभ्रेपलाञ्चोक प्रादेशिक राजधानी बन्छ कि बन्दैन, भूकम्पपीडितलाई पुनःनिर्माण गर्ने समय कम भएकाले म्याद थप गर्नुप¥यो, खानेपानीको विषय सधैँ नारामा मात्रै सीमित भयो, सडकको अवस्था उस्तै छ, विजयी भएपछि पनि उम्मेद्वार सधैँ गाउँ आउने वातावरण हुनुपर्छ ।”

जिल्लाका विभिन्न स्थानबाट प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि निर्वाचित सांसदहरु मतदातालाई धन्यवाद दिन गाउँ गाउँ पुग्दा मतदाताले गरेका यी आग्रह हुन् ।

आफूले मतदातासँग गरेको वाचा पूरा गर्न र विकास, निर्माणका कामलाई प्रभावकारी बनाउन सांसदहरुलाई अनुरोध गर्दै अब पनि विकास, निर्माणका कामले प्राथमिकता नपाए जिल्लाका लागि दुर्भाग्य हुने मतदाताले सुझाए ।

धुलिखेल नगरपालिका–५ का दयाराम महतले पुरानो सिन्धुली जाने बाटो (आरटिओ) सडकलाई बिपी राजमार्गसँग जोडेर सञ्चालन गर्न आग्रह गरेको जानकारी दिँदै अब सांसदले गर्ने कामबारे मतदातालाई जानकारी दिनुपर्छ भने ।

उनले पुनःनिर्माणका सामग्री पहिलेभन्दा महँगो भएकाले भूकम्पपीडितका लागि आउने राहत रकम अहिलेको अवस्थामा कम हुने बताए ।

काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा क्षेत्र नं १ का सांसद गंगाबहादुर तामाङ (दोङ) ले पनौतीलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिदिन आग्रह गरेको जानकारी दिँदै सडकको स्तरोन्नति, खानेपानीको अभाव र सिँचाइको व्यवस्थापन गरिदिन मतदाताले अनुरोध गरेको बताए ।

एकसाता यतादेखि सो क्षेत्रअन्तर्गतको प्रदेशसभाका सांसद रत्न ढकाल, चन्द्र लामासहित संयुक्त वाम गठबन्धनको टोलीले रोशी गाउँपालिका, नमोबुद्ध नगरपालिका, पनौती नगरपालिकाका मतदातालाई धन्यवाद दिन पुगिसकेको र जिल्लाको दुर्गम क्षेत्र मानिने कोशीपारि र महाभारत शृङ्खलाको डाँडापारि क्षेत्रका मतदातासँग घेटघाट गर्न बाँकी रहेको जानकारी दियो ।

प्रतिनिधिसभा क्षेत्र नं २ मा निर्वाचित सांसद गोकुल बास्कोटासहित सो निर्वाचन क्षेत्र अन्तर्गतका प्रदेशसभाका सांसद वसुन्धरा हुमागार्इं, लक्ष्मण लम्सालको टोली पनि नगरपालिकाका विभिन्न क्षेत्रका मतदातासँग घेटघाटमा व्यस्त छ ।

प्रदेशसभाका सांसद वसुन्धरा हुमागार्इंले मतदातासँग गरेको प्रतिबद्धता पूरा गर्न आफूहरु तत्पर भएको बताए ।

उनले भने, “मतदाताले प्रदेश राजधानी बनाउने विषयलाई पनि चासोका साथ हेरेका छन् ।”
दुई प्रतिनिधिसभा सदस्य र चार प्रदेशसभा सदस्यको निर्वाचन भएको सो जिल्लामा छ नगरपालिका र सात गाउँपालिका छन् । जिल्लाका कूल दुई लाख ७२ हजार २९२ मतदाताले प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि सबै नयाँ अनुहारका प्रतिनिधि निर्वाचित गराएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?