गच्छदारले मागे गृहमन्त्री , मन्त्रिपरिषद् हेरफेरबारे कांग्रेसमा छलफल !

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २०, २०७४
|
|
२८७७ पटक हेरिएको
Shares
गच्छदारले मागे गृहमन्त्री , मन्त्रिपरिषद् हेरफेरबारे कांग्रेसमा छलफल !

सारांश

  • काठमाडौं ।
  • गृह मन्त्रीबाट विमलेन्द्र निधिले राजीनामा दिएपछि नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनलाई ध्यान दिँदै कसलाई पठाउने भन्ने बारेमा कांग्रेसमा छलफल सुरू भएको छ ।
  • कांग्रेस उच्च स्रोतकाअनुसार सभापति शेरबहादुर देउवाले गृह मन्त्रीबाट राजीनामा गरेर निधिले धोका दिएको भन्दै गृह मन्त्रीमा तत्काल पार्टीबाट कसैलाई पठाउने कि राज्यमन्त्रीलाई नै काम चलाउ दिने भन्ने बारेमा छलफल थालेका छन् ।

काठमाडौं । गृह मन्त्रीबाट विमलेन्द्र निधिले राजीनामा दिएपछि नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनलाई ध्यान दिँदै कसलाई पठाउने भन्ने बारेमा कांग्रेसमा छलफल सुरू भएको छ ।

कांग्रेस उच्च स्रोतकाअनुसार सभापति शेरबहादुर देउवाले गृह मन्त्रीबाट राजीनामा गरेर निधिले धोका दिएको भन्दै गृह मन्त्रीमा तत्काल पार्टीबाट कसैलाई पठाउने कि राज्यमन्त्रीलाई नै काम चलाउ दिने भन्ने बारेमा छलफल थालेका छन् ।

गृह राज्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ रहेका छन् ।

पहिलो चरणको निर्वाचनपछि कांग्रेस नेतृत्वमा सरकार बन्ने भएकाले अहिले राज्य मन्त्रीलाई नै जिम्मा दिन पार्टीमा केही नेताले सुझाव दिएका छन् । तर फोरम लोकतान्त्रिक पनि सरकारमा सहभागी हुने तयारी गरेकाले अहिले नै गच्छदारलाई ल्याउने कि नयाँ सरकारमा भन्ने बारेमा पनि छलफल भएको स्रोतले जानकारी दियो ।

गच्छदारलाई अहिले सरकारमा ल्याउने र पछि पार्टीमै फर्काउने रणनीति पनि कांग्रेसका केही नेताको रहेको उच्च स्रोतको दावी छ । तर अहिले पुष्पकमल दाहाल नेतृत्वको सरकारको आयु छोटो भएकाले नयाँ सरकारमा सहभागी गराउनेबारे पनि छलफल भएको स्रोतले जानकारी दियो ।
अहिले सरकारमै रहेका केही मन्त्रीलाई थप जिम्मेवारी दिने बारेमा पनि छलफल भएको छ ।

त्यसो हुँदा रमेश लेखक र बालकृष्ण खाँणमध्ये एकजनालाई गृह मन्त्रालयको पनि जिम्मा दिने बारेमा छलफल भएको सभापति देउवा निकट स्रोतले जानकारी दियो ।

तर यसबारेमा पार्टीको बैठकमा कुनै छलफल नभएको नेता रामचन्द्र पौडेल निकट स्रोतले जानकारी दियो ।

स्थानीय विकास मन्त्रालयसहित राप्रपाले सम्हालेको मन्त्रायल पनि बाँकी रहेकाले केही नेतालाई सरकारमा पठाएर चित्त बुझाउने प्रयास देउवाले गरेको स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गृह मन्त्रालयमा कसलाई पठाउने या जिम्मेवारी दिने भन्ने बारेमा छिटो निर्णय गर्न प्रधानमन्त्री दाहालले

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्चमा भिडन्त,प्रधानन्यायाधीशका लागि लडाई गर्ने जोशीको तयारी
सर्वोच्चमा भिडन्त,प्रधानन्यायाधीशका लागि लडाई गर्ने जोशीको तयारी
प्रधानमन्त्री र पार्टी अध्यक्षको विषयमा विवाद छैन, पार्टी एकता हुन्छ : माओवादी अध्यक्ष प्रचण्ड
प्रधानमन्त्री र पार्टी अध्यक्षको विषयमा विवाद छैन, पार्टी एकता हुन्छ : माओवादी अध्यक्ष प्रचण्ड
विषालु सर्पले टोकेर एकै परिवारका दुई जनाको मृत्यु
विषालु सर्पले टोकेर एकै परिवारका दुई जनाको मृत्यु
आजको मौसमः आंशिकदेखि सामान्यतया बदली हुने
आजको मौसमः आंशिकदेखि सामान्यतया बदली हुने
नेपाली कांग्रेसका महामन्त्री डा होम शशांक कोइराला अस्पताल भर्ना
नेपाली कांग्रेसका महामन्त्री डा होम शशांक कोइराला अस्पताल भर्ना
भारतीय पाठ्यपुस्तक पढाउने स्कूललाई कारवाही
भारतीय पाठ्यपुस्तक पढाउने स्कूललाई कारवाही
आजदेखि कर्णाली प्रदेशबाट श्रम स्वीकृति लगायत सेवा प्रदान गर्ने
आजदेखि कर्णाली प्रदेशबाट श्रम स्वीकृति लगायत सेवा प्रदान गर्ने
के चीनले कोरोनाभाइरस संक्रमितको संख्या लुकाइरहेको छ ?
के चीनले कोरोनाभाइरस संक्रमितको संख्या लुकाइरहेको छ ?
जडीबुटी सङ्कलन गर्न गएका एकै गाउँका १२ जना बेपत्ता
जडीबुटी सङ्कलन गर्न गएका एकै गाउँका १२ जना बेपत्ता
अदालतको अनुमतिमा मात्र प्रहरीले पक्राउ गर्न पाउने, अभियुक्तलाई कुटे प्रहरीलाई नै जेल
अदालतको अनुमतिमा मात्र प्रहरीले पक्राउ गर्न पाउने, अभियुक्तलाई कुटे प्रहरीलाई नै जेल

तपाईंले छुटाउनुभयो कि?