शाहिद कपुरका कलाकारलाइ भारतीय सेनाले यसकारण मार्याे
सारांश
- कश्मीर।
- भारतको श्रीनगरमा भारतीय सेनाले बलिउड फिल्मका एक कलाकारलाई आतंकवादी भएको अभियोगमा मारेको छ ।
- श्रीनगरको मुजगुंडमा भारतीय सेनाको कारवाहीमा मारिएका साकिब बिलाल बलिउडका कलाकार थिए ।
कश्मीर। भारतको श्रीनगरमा भारतीय सेनाले बलिउड फिल्मका एक कलाकारलाई आतंकवादी भएको अभियोगमा मारेको छ । श्रीनगरको मुजगुंडमा भारतीय सेनाको कारवाहीमा मारिएका साकिब बिलाल बलिउडका कलाकार थिए । उनले शाहिद कपुरको फिल्म हैदरमा उनले चकलेट ब्वायको भूमिका गरेका थिए । फिल्ममा उनले हिंसाका बेला बसबाट भाग्ने हिंसापीडितको भूमिका गरेका थिए । बिलाललाई आइतबार भारतीय सेनाले गोली हानी मारेको हो ।
आतंकवादी समूह लश्कर ए तैयबाका सदस्यहरुसँग मारिएका साकिबलाई पनि भारतीय सेनाले आतंकवादी नै भनेको छ । साकिब थिएटरका कलाकारको रुपमा परिचित थिए । उनी फुटबल, तेक्वान्दो र कबड्डीका राम्रा खेलाडी थिए । भारतीय मिडियाले भनेअनुसार यही गएको अगष्ट ३१ मा उनी घरबाट बेपत्ता भएका थिए । उनीसँगै अर्का एक युवक पनि बेपत्ता भएका थिए । उनका परिवार र आफन्तले भने उनी आतंकवादी हुन् वा होइनन् भन्ने कुरा नै आफूहरुले सोच्न सक्नेभन्दा टाढाको कुरा भएको बताएका छन् । साकिब पढाइका निकै उत्कृष्ट थिए । उनले डिस्टिंकशनसहित १० कक्षा पास गरेका थिए । उनको रुचि इन्जिनियरिङमा थियो ।
उनले ११ कक्षामा फिजिक्स, केमेस्ट्री र गणित लिएर पढ्दै थिए । उनलाई फुटबल खेल्न र हेर्ने निकै सोख थियो । सम्पन्न किसान परिवारका साकिबले हालै टेगोर हलमा बंगाली नाटक ‘व्यथ छि यहए’ (यो नदी हो) गरेका थिए । यो भूमिकाको लागि उनले पुरस्कारसमेत पाएका थिए । उनले यही प्रस्तुती भारतको ओडिशामा पनि दोहोर्याएका थिए ।
प्रतिक्रिया