प्रधानमन्त्री ओलीको विदेशीसँग साँठगाँठ रहेको भीम रावलको आरोप

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ११, २०७७
|
|
१९ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीको विदेशीसँग साँठगाँठ रहेको भीम रावलको आरोप

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विदेशीसँग साँठगाँठको गम्भीर आरोपहरु लाग्न थालेको छ ।
  • उनलाई आरोप लगाउनेमा उनकै दलका नेताहरु देखिएका छन् ।
  • आज सामाजिक सञ्जालमा नेकपा एमालेका प्रभावशाली नेता भीम रावलले ओलीमाथि विदेशीसँग साँठगाँठको आरोप लगाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विदेशीसँग साँठगाँठको गम्भीर आरोपहरु लाग्न थालेको छ । उनलाई आरोप लगाउनेमा उनकै दलका नेताहरु देखिएका छन् ।

आज सामाजिक सञ्जालमा नेकपा एमालेका प्रभावशाली नेता भीम रावलले ओलीमाथि विदेशीसँग साँठगाँठको आरोप लगाएका छन् । उनले विदेशी तथा स्वदेशी शक्तिको नाम उल्लेख नगरी नेपालको दीर्घकालीन हितसँग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिसँग साँठगाँठ गर्न तल्लीन भएको आरोप लगाएका हुन् । उनको संकेत दक्षिण छिमेकी भारततर्फ थियो ।

रावलले लेखेका छन्,‘प्रम केपी ओली सत्ता र कुर्सी जोगाउन नेपालको अस्मितासँग गाँसिएको नागरिकता लगायतका नेपालको दीर्घकालीन हितसँग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरुसँग साँठगाँठ गर्न तल्लीन हुनुहुन्छ । देशभक्त नेपाली सजग होऔं ।’

यसअघि रावलले दार्चुलाको महाकाली नदी किनारमा नेपाल आमाको छातीमा विदेशी पाइलाले कुल्चिरहँदा ओली बालुवाटारमा पदको खेल र झेलमा मग्न भएको आरोप लगाएका थिए । काँग्रेस नेता दिलेन्द्रप्रसाद बडुले पनि यो विषय उठाउँदै प्रधानमन्त्री ओलीको राष्ट्रवादमाथि प्रश्न गरेका थिए ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि ओलीमाथि विदेशीसामु लम्पसार परेको आरोप लगाएका थिए । ८ चैत्रमा राजधानीमा आयोजित अन्र्तक्रियामा ओलीलाई २०औं २५औं वर्षदेखि विदेशीहरुले हुर्काएको, पालित, पोषित भएको टिप्पणी गरेका थिए । त्यसअघि पनि प्रचण्डले ओलीलाई भारतको इशारामा चलेको आरोप लगाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?