क्रिकेटबाट ज्ञानेन्द्र मल्लले लिए सन्यास

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १९, २०८०
|
|
२८ पटक हेरिएको
Shares
क्रिकेटबाट ज्ञानेन्द्र मल्लले लिए सन्यास

सारांश

  • काठमाडौँ ।
  • अन्तर्राष्ट्रिय क्रिकेटबाट ज्ञानेन्द्र मल्लले संन्यास लिएका छन् ।
  • आज शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको जानकारी दिएका हुन् ।

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटबाट ज्ञानेन्द्र मल्लले संन्यास लिएका छन् ।

आज शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको जानकारी दिएका हुन् ।

‘क्रिकेटमा पनि कुनै समय कसैलाई मैले रिप्लेस गरेको थिएँ होला । यो मेरो समय हो । त्यसैले आज मेरो अन्तर्राष्ट्रिय क्रिकेट यात्रालाई विराम लगाउने र फरक यात्रा आरम्भ गर्ने निर्णय गरेको छु’, पत्रकार सम्मेलनमा लिखित प्रेस विज्ञप्ति पढ्दै मल्लले भनेका छन् ।

उनले आफूले संन्यासको घोषणा गर्दै गर्दा मनमुटु भारी भएको पनि बताए । जुन खेलले आफूलाई सबै माझ चिनाउन र मानप्रतिष्ठा दिएको भन्दै सोही खेलबाट बिदा लिन सजिलो नभएको पनि उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?