खानेपानी मन्त्री बिनाको निर्देशनमा बाढीप्रभावित टोलटोलमा पुग्यो स्वच्छ खानेपानी
सारांश
- काठमाडौं, २९ असार ।
- खानेपानी मन्त्री बिना मगरको निर्देशनमा भक्तपुरको बाढी प्रभावित क्षेत्रमा स्वच्छ खानेपानी वितरण गरिएको छ ।
- बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले भक्तपुरका मध्यपुर थिमी र सूर्यविनायक नगरपालिका क्षेत्रका जगाती, बाराही स्थान, सिर्जनानगर राधेराधेसहित दक्षिण क्षेत्र डुबानमा परेपछि खानेपानी मन्त्री मगरको निर्देशनमा शुक्रबार काठमााडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले ट्यांकरमार्फत प्रभावित क्षेत्रमा खानेपानी वितरण गरेको हो ।
काठमाडौं, २९ असार । खानेपानी मन्त्री बिना मगरको निर्देशनमा भक्तपुरको बाढी प्रभावित क्षेत्रमा स्वच्छ खानेपानी वितरण गरिएको छ । बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले भक्तपुरका मध्यपुर थिमी र सूर्यविनायक नगरपालिका क्षेत्रका जगाती, बाराही स्थान, सिर्जनानगर राधेराधेसहित दक्षिण क्षेत्र डुबानमा परेपछि खानेपानी मन्त्री मगरको निर्देशनमा शुक्रबार काठमााडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले ट्यांकरमार्फत प्रभावित क्षेत्रमा खानेपानी वितरण गरेको हो ।
दुई सिफ्टमा गरी केयुकेएलका ४० वटा ट्यांकरले प्रभावित क्षेत्रका टोल–टोलमा स्वच्छ खानेपानी वितरण गरेको खानेपानी मन्त्री मगरको स्वकीय सचिव रमेश भट्टले जानकारी दिए । भट्टका अनुसार मन्त्रीले डुबानबारे जानकारी पाएपछि मातहतका निकायलाई प्रभावित क्षेत्रमा स्वच्छ खानेपानीको व्यवस्था गर्न निर्देशन दिएकी थिइन् ।
खानेपानी शुद्धिकरणका लागि खानेपानी मन्त्रालयले बिहीबार नै पियूष, क्लोरिन लगायतका सामग्री पनि प्रभावित क्षेत्रमा पुराएको थियो । शुक्रबारबाट खानेपानी वितरण शुरु गरिएको भट्टले बताए । साथै पानी वितरणको काम प्रभावित क्षेत्रका अवस्था सामान्य नभएसम्म जारी रहने बताइएको छ ।
सरकारले ट्यांकर टोलटोलमा पठाएर खानेपानी वितरण गरेपछि प्रभावित क्षेत्रका बासिन्दाले खुशी व्यक्त गरेका छन् । उनीहरुले सरकारी निकायबाट बाढी प्रभावित क्षेत्रमा यति छिटो खानेपानी वितरण गरेको पहिलोपटक भएको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् ।
प्रतिक्रिया