खाल्डोमा डुबेर एकै परिवारका चार बालिकाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २१, २०७४
|
|
२१ पटक हेरिएको
Shares
खाल्डोमा डुबेर एकै परिवारका चार बालिकाको मृत्यु

सारांश

  • श्रावण २१, २०७४   रौतहटको गरुडा नगरपालिका ४ स्थित खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका ४ बालिकाको मृत्यु भएको छ ।
  • स्थानीय रामएकवाल साहकी छोरी १२ वर्षीया संगिता साह, ९ वर्षीया सुनिता साह, उनका भाईहरु योगेन्द्र साहकी छोरी ९ वर्षीया सुनैना साह, प्रेम साहकी छोरी ९ वर्षीया सुस्मिता साहको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो ।
  • बिहान घास काट्न घरबाट निस्केका चारै जना बालिका दिउसो साडे २ बजे सम्म घरमा नफर्केपछि उनीहरुको खोजी सुरु गरिएको थियो ।

श्रावण २१, २०७४   रौतहटको गरुडा नगरपालिका ४ स्थित खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका ४ बालिकाको मृत्यु भएको छ । स्थानीय रामएकवाल साहकी छोरी १२ वर्षीया संगिता साह, ९ वर्षीया सुनिता साह, उनका भाईहरु योगेन्द्र साहकी छोरी ९ वर्षीया सुनैना साह, प्रेम साहकी छोरी ९ वर्षीया सुस्मिता साहको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो । बिहान घास काट्न घरबाट निस्केका चारै जना बालिका दिउसो साडे २ बजे सम्म घरमा नफर्केपछि उनीहरुको खोजी सुरु गरिएको थियो । उनीहरुको शव आफन्तले अपरान्ह ३ बजे खाल्डोमा डुबेको अवस्थामा फेला पारेको ईलाका प्रहरी गरुडाका प्रहरी निरिक्षक केशव रेग्मीले जानकारी दिनुभयो । मृतकको शव परीक्षणको लागि जिल्ला अस्पताल गौरमा पठाईएको प्रहरी निरिक्षक रेग्मीले बताउनुभयो ।  चन्द्रनिगाहपुर–गौर सडकसंग जोडिएका पुर्वमा रहेको खानेपानी कार्यालय जोडने नयाँ खनिएको कच्ची बाटो निर्माणको क्रममा खेतमा खनिएको खाल्डोमा पुरिएर उनीहरको मृत्यु भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?