उपराष्ट्रपति यादव पार्टी जिम्मेवारीबाट मुक्त
सारांश
- काठमाडौँ ।
- नवनियुक्त उपराष्ट्रपति रामसहायप्रसाद यादव पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएका छन् ।
- जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलका नेता तथा कार्यकारिणी समिति सदस्य यादव उपराष्ट्रपति पदमा निर्वाचित भएसँगै पार्टीको जिम्मेवारीबाट राजिनामा दिएका हुन् ।
काठमाडौँ । नवनियुक्त उपराष्ट्रपति रामसहायप्रसाद यादव पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलका नेता तथा कार्यकारिणी समिति सदस्य यादव उपराष्ट्रपति पदमा निर्वाचित भएसँगै पार्टीको जिम्मेवारीबाट राजिनामा दिएका हुन् । यादवले यही चैत ३ गतेदेखि लागू हुनेगरी पार्टीको साधारण सदस्यलगायत सम्पूर्ण जिम्मेवारीबाट दिएको राजिनामा स्वीकृत भएको जसपाले विज्ञप्तिमार्फत जनाएको छ ।
नवनियुक्त उपराष्ट्रपति यादवले राष्ट्रपति कार्यालय शीतल निवासमा आज पद तथा गोपनीयताको शपथ लिएका थिए । शपथलगत्तै उपराष्ट्रपति यादवले उपराष्ट्रपतिको कार्यालय हरितगृह, लौनचौर पुगेर पदबहाली गरेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया