बलात्कारीलाइ सरकारी डाक्टरले साथ दिएपछि…

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १७, २०७५
|
|
२८ पटक हेरिएको
Shares
बलात्कारीलाइ सरकारी डाक्टरले साथ दिएपछि…

सारांश

  • काठमाडाै, १७ कात्तिक ।
  •   प्रहरी अनुसन्धान नै प्रभावित हुनेगरि बलात्कारका आरोपी बचाउन स्वास्थ्य परिक्षणको गलत प्रतिवेदन बनाउने दुईजना सरकारी चिकित्सक कारबाहीमा परेका छन्।
  •  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर अंचल अस्पताल, धनुषाका चिकित्सकहरु डाक्टर भिके सिंह भनिने विजयकुमार सिंह र डाक्टर रम्भा गोइत विरुद्ध शुक्रबार भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो।

काठमाडाै, १७ कात्तिक ।  प्रहरी अनुसन्धान नै प्रभावित हुनेगरि बलात्कारका आरोपी बचाउन स्वास्थ्य परिक्षणको गलत प्रतिवेदन बनाउने दुईजना सरकारी चिकित्सक कारबाहीमा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर अंचल अस्पताल, धनुषाका चिकित्सकहरु डाक्टर भिके सिंह भनिने विजयकुमार सिंह र डाक्टर रम्भा गोइत विरुद्ध शुक्रबार भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो।

आयोगका अनुसार इलाका प्रहरी कार्यालय खजुरी, धनुषाले अनुसन्धान गरेको ८ भदौको बलात्कार सम्बन्धी घटनामा डाक्टरद्वय सिंह र गोइतले गलत प्रतिवेदन तयार गरेका हुन्। प्रहरीले बलात्कार भएकी १२ वर्षीय बालिकालाई अस्पतालमा स्वास्थ्य परिक्षणका लागि लगेको थियो। अस्पतालमा डाक्टर सिंह र गोइतले चिकित्सकले न्यूनतम गर्नसक्ने र गर्नुपर्ने कार्य समेत नगरी अनुसन्धान कार्य प्रभावित गर्ने गरि स्वास्थ्य परीक्षण प्रतिवेदन दिएको अनुसन्धानमा खुलेको छ।

पीडितले जनकपुर अस्पतालको स्वास्थ्य परिक्षण प्रतिवेदनमा चित्त नबुझेपछि जिल्ला अस्पताल सिरहामा बालिकाको स्वास्थ्य परिक्षण गराएका थिए। उनीहरुले अख्तियारमा समेत निवेदन दिएपछि घटनाको अनुसन्धान सुरु भएको थियो। आयोगका प्रवक्ता सहसचिव रामेश्वर दंगालका अनुसार सिंह र गोइतले पदको दुरुपयोग गरेको अनुसन्धानमा प्रमाणित भएको छ। उनका अनुसार सिरहा जिल्ला अस्पतालमा गरिएको स्वास्थ्य परिक्षण प्रतिवेदनले अघिल्लो प्रतिवेदन गलत रहेको प्रमाणित गरेको हो। आयोगले नेपाल मेडिकल काउन्सीलमा दर्ता नम्बर ३१५५० रहेका डाक्टर सिंह र दर्ता नम्बर १०२०६ रहेकी गोइत विरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा २ बमोजिमको सजाय मागदाबी गरेको छ।

ऐन अनुसार दुबैलाई तीन महिनादेखि १ वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?