​शिल्पा शेट्टी ‘गर्भवति’ नै छिन् त ? यस्तो छ वास्तविकता

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ४, २०७५
|
|
२६ पटक हेरिएको
Shares
​शिल्पा  शेट्टी ‘गर्भवति’ नै छिन् त ? यस्तो छ वास्तविकता

सारांश

  • बलिउड अभिनेत्री शल्पिा शेट्टी ‘गर्भवति’ भएको खबरले सोशल मिडिया तताएको छ ।
  • ४३ वर्षीया यी अभिनेत्री के साँच्चीकै ‘गर्भवति’ छिन् त ?
  • प्याथोलोजी ल्याबबाट बाहिरिँदै गरेको उनको एक तरिबर सार्वजनिक भएपछि मिडियामा यस्तै हल्ला फैलिएको छ ।

बलिउड अभिनेत्री शल्पिा शेट्टी ‘गर्भवति’ भएको खबरले सोशल मिडिया तताएको छ । ४३ वर्षीया यी अभिनेत्री के साँच्चीकै ‘गर्भवति’ छिन् त ? प्याथोलोजी ल्याबबाट बाहिरिँदै गरेको उनको एक तरिबर सार्वजनिक भएपछि मिडियामा यस्तै हल्ला फैलिएको छ ।

सोशल मिडियामा लगातार आफू ‘प्रेग्नेन्सी’ रहेको हल्ला चल्न थालेपछि शिल्पा मुख खोल्न बाध्य भएकी छन् । उनले सोशल मिडियामै लेखिन्, ‘केही होइन भगवान, मात्र नियमित चेकिङमा गएकी थिएँ ।’ उनले ट्विट गर्दै सोशल मिडिया युजर्सलाई आमा बन्ने हल्ला बन्द गर्न अनुरोध गरेकी छन् ।

तस्बिर सार्वजनिक भएसँगै एक जना सोशल मिडियामा लेखेका थिए, ‘शिल्पा फेरि आमा बन्न लागिन् ।’ त्यसपछि ‘भाइरल’ भएको ‘प्रेग्नेन्सी’ हल्लाबारे अन्ततः शिल्पा सोशल मिडियामा सफाइ दिन बाध्य भइन् ।

शिल्पाले सोशल मिडिया ट्विटरमा आफू प्रेग्नेन्सी नभएको सफाइ दिँदै लेखेकी छन्, ‘मेरो तलदेखि माथिसम्म सबै बडी ठीक छ । बाहिर देख्दा म प्रेग्नेन्ट भएजस्तो छैन । त्यसैले हल्ला बन्द गर्नु ।’

शिल्पाले २२ नोभेम्वर २००९ मा दिल्लीका विजनेशमेन राज कुन्द्रासँग लण्डनमा विवाह गरेकी हुन् । शिल्पाले लण्डनमा २००७ मा रियालिटी ‘शो बिग ब्रदर’ जितेपछि चर्चामा आएकी थिइन् । त्यतिखेरै व्यापारी राजले उनलाई आँखा लगाएका थिए । शिल्पा र राजको एक छोरा विआन छन्, जो ६ वर्षको भए । शिल्पाको यो पहिलो र राजको दोस्रो विवाह थियो । राजको पहिलो पत्नी कविता थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?