काठमाडौं महानगर शिक्षा शाखा प्रमुखसँग बालेनको स्पष्टीकरण माग

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १५, २०८०
|
|
४६ पटक हेरिएको
Shares
काठमाडौं महानगर शिक्षा शाखा प्रमुखसँग बालेनको स्पष्टीकरण माग

सारांश

  • काठमाडौं।
  • काठमाडौं महानगपालिकाले शिक्षा विभाग प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण माग गरेको छ।
  • पुरानो बानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा ११ मा विज्ञान विषयको पढाइ सञ्चालन गर्न महानगरको शिक्षा समितिले निर्णय गरेको भन्दै पत्राचार गरेको पाइएपछि ७ दिन भित्र सफाइ पेश गर्न र उक्त समयसम्म विदामा बस्न निर्देशन दिएको मेयर बालेन शाहको सचिवालयले जनाएको छ।

काठमाडौं। काठमाडौं महानगपालिकाले शिक्षा विभाग प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण माग गरेको छ।

पुरानो बानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा ११ मा विज्ञान विषयको पढाइ सञ्चालन गर्न महानगरको शिक्षा समितिले निर्णय गरेको भन्दै पत्राचार गरेको पाइएपछि ७ दिन भित्र सफाइ पेश गर्न र उक्त समयसम्म विदामा बस्न निर्देशन दिएको मेयर बालेन शाहको सचिवालयले जनाएको छ।

समितिको संयोजक मेयर आफै रहने व्यवस्था रहेको र निर्णय नै नभएको विषयमा निर्णय भएको भनेर कोइरालाले पत्र पठाएको पाइएको भन्दै उनीसँग महानगरले स्पष्टीकरण सोधेको हो।

कोइरालाले २०७९ चैत २८ गते नगर शिक्षा समितिले निर्णय गरेको भन्दै विद्यालयमा असार २० विज्ञान विषयमा कक्षा सञ्चालन गर्न अनुमति दिएको पत्र पठाएका थिए। तर, शिक्षा समितिले त्यस मितिमा निर्णय नगरेको पाइएको शाहको सचिवालयले जनाएको छ।

कोइरालाले अनुमति दिएपछि रत्नराज्यले प्लस टुमा २२ जना विद्यार्थी भर्ना गरेर पढाउन थालेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्याय र सुशासनका लागि निवेदन लेखिदिने बिचौलिया तगारो !
न्याय र सुशासनका लागि निवेदन लेखिदिने बिचौलिया तगारो !
पाँच नम्बर प्रदेशमा अपायक राजधानी बनाउने यस्ता छन् पावरवालाहरु
पाँच नम्बर प्रदेशमा अपायक राजधानी बनाउने यस्ता छन् पावरवालाहरु
श्रीमती कुट्ने श्रीमानलाई जन्म कैद !
श्रीमती कुट्ने श्रीमानलाई जन्म कैद !
आरजुको प्रश्न – कम्युनिष्टहरुले सुदुर पश्चिमका लागि के गरे?
आरजुको प्रश्न – कम्युनिष्टहरुले सुदुर पश्चिमका लागि के गरे?
‘मारुनी’ फिल्मको प्रचारमा नयाँ शैली, दर्शकले रुचाउलान पुष्प र साम्राज्ञीको जोडी?
‘मारुनी’ फिल्मको प्रचारमा नयाँ शैली, दर्शकले रुचाउलान पुष्प र साम्राज्ञीको जोडी?
गुल्मी जिल्लामा हुने प्रदेश तथा प्रतिनिधि सभाकाे उम्मेदवारकाे लागि नाम शिफारिस
गुल्मी जिल्लामा हुने प्रदेश तथा प्रतिनिधि सभाकाे उम्मेदवारकाे लागि नाम शिफारिस
डा. केसीलाई साधारण तारिखमा छोड्न आदेश, पराजुलीबाटै अदालतको अवहेलना भएको दावी
डा. केसीलाई साधारण तारिखमा छोड्न आदेश, पराजुलीबाटै अदालतको अवहेलना भएको दावी
दूध बिक्रीबाट ५० लाखभन्दा बढी आम्दानी !
दूध बिक्रीबाट ५० लाखभन्दा बढी आम्दानी !
प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर प्रस्थान
प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर प्रस्थान
सरकारसँग लगभग दुई तिहाइ छ भन्ने हेक्का रहोस् : प्रधानमन्त्री ओली
सरकारसँग लगभग दुई तिहाइ छ भन्ने हेक्का रहोस् : प्रधानमन्त्री ओली