खोटाङ प्रदेशसभा २ (ख) खोटाङमा माओवादी केन्द्रका रामकुमार राई (पासाङ) विजयी भएका छन् । वाम गठबन्धनका साझा उम्मेदवार पासाङले १८ हजार ३७२ मत ल्याएर विजयी भएका हुन् ।
पासाङको निकटत पतिस्पर्धी लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका काँग्रेसका विष्णकुमार राईले १२ हजार २३९ मत प्राप्त गरेका थिए । लोकतान्त्रिक गठबन्धनका विष्णुकुमारलाई वाम गठबन्धनका पासाङले छ हजार १३३ मतले पछि पारेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२०४१ सालबाट राजनीति सुरु गर्नुभएका पासाङ २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा तत्कालीन माओवादीबाट खोटाङ क्षेत्र नम्बर १ का प्रत्यक्ष निर्वाचित सभाष्द भएका थिए । खोटाङको साकेला गाउँपालिका–२ रतन्छामा २०२५ साल वैशाख १४ गते जन्मिएका पासाङ २०४९ सालबाट भूमिगत राजनीतिमा क्रियाशील रहेका थिए ।
नेकपा मालेको विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका पासाङ खम्बुवान राष्ट्रिय मुक्ति मोर्चामा २०४९ देखि २०५८ सालसम्म क्रियाशील रहेका थिए । २०६० सालबाट खम्बुवान माओवादीसँग एकीकरण भएपछि विभिन्न जिम्मेवारी सम्हालेका थिए ।
पार्टी भूमिगत हुँदा खोटाङ, भोजपुर, संखुवासभा र उदयपुरको जिल्ला इन्चार्जसमेत सम्हालेका थिए । भूमिगत अवस्थामै रहेको समयमा खोटाङको साप्सुखोलामा नेपाली सेनासँग भएको भिडन्तमा सेनाको गोली लागेर घाइते भएका थिए ।
२०६२, ०६३ मा सैन्य विभागको बिग्रड कमाण्डर समेत रहनुभएका पासाङ माओवादी केन्द्र भएपछि पोलिटब्युरो सदस्य हुन् । करिब ३३ वर्षको राजनीतिक अनभव बटुल्नुभएका पासाङ निष्ठावान नेता मानिन्छन् ।
प्रतिक्रिया