मन्त्रीको सपथ लिन दौरा सुरुवाल लगाएर पुगेका रामेश्वर फर्कनुपर्दा‘

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ५, २०७६
|
|
३४ पटक हेरिएको
Shares
मन्त्रीको सपथ लिन दौरा सुरुवाल लगाएर पुगेका रामेश्वर फर्कनुपर्दा‘

सारांश

  • काठमाडौं, ५ फागुन ।
  • प्रदेशसभा सांसद रामेश्वर फुयाँललाई वागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सपथका लागि बोलाइयो ।
  • उनलाई दौरा सुरुवाल लगाएर आउन मुख्यमन्त्रीको कार्यालयबाट खबर आयो ।

काठमाडौं, ५ फागुन । प्रदेशसभा सांसद रामेश्वर फुयाँललाई वागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सपथका लागि बोलाइयो । उनलाई दौरा सुरुवाल लगाएर आउन मुख्यमन्त्रीको कार्यालयबाट खबर आयो ।

फुयाँलले बधाई थापे । मिडियामा हल्ला चलेपछि उनको मोबाइल निकै व्यस्त भयो । तर, सपथका लागि पुगेका उनी विना सपथ फर्कनुपर्यो । कारण नेकपाभित्रको विवाद थियो ।

मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरी फुयाँललाई मुख्यमन्त्री बनाउने तयारी गरेका थिए । तर, नेकपाभित्र पूर्व माओवादी पक्षधरसँग परामर्श गरिएको रहेनछ । अष्टलक्ष्मी शाक्य पनि असन्तुष्ट भइन् । उनले राज्यमन्त्रीसहित एकैपटक सहमति गरेर अगाडि बढ्न भनेपछि पौडेलले सपथ रोक्नुपर्यो ।

केशव स्थापितलाई हटाएपछि भौतिक मन्त्रालय खाली रहेको थियो । मुख्यमन्त्री पौडेल र स्थापितबीच विवाद बढेपछि उनी राजीनामा दिन वाध्य भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?