राष्ट्रिय सभाको निर्वाचन प्रक्रिया शुरु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १८, २०७६
|
|
२२ पटक हेरिएको
Shares
राष्ट्रिय सभाको निर्वाचन प्रक्रिया शुरु

सारांश

  • काठमाडौं।
  • माघ ९ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि बिहीबारदेखि निर्वाचन प्रक्रिया शुरु भएको छ।
  • निर्वाचन आयोगका अनुसार सातवटै प्रदेशको मुख्य निर्वाचन अधिकृतको कार्यालयहरूले सम्बन्धित प्रदेशका मतदाताको संख्या प्रकाशित गरेका छन्।

काठमाडौं। माघ ९ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि बिहीबारदेखि निर्वाचन प्रक्रिया शुरु भएको छ। निर्वाचन आयोगका अनुसार सातवटै प्रदेशको मुख्य निर्वाचन अधिकृतको कार्यालयहरूले सम्बन्धित प्रदेशका मतदाताको संख्या प्रकाशित गरेका छन्।

बिहीबार बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन र ११ बजेदेखि ४ बजेसम्म नामावलीउपर दाबी विरोधको उजुरी दिने कार्य गरिएको थियो।

यसरी सातवटा प्रदेशका प्रदेशसभा सदस्यतर्फका ५ सय ५० र ७ सय ५३ स्थानीय तहतर्फका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १ हजार ५ सय ६ गरी कुल २ हजार ५६ जना मतदाता रहेका छन्।

उनीहरूको मतभार भने फरकफरक हुन्छ। स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभा सदस्यको ४८ हुनेछ। उजुरीउपर छानविन गरी अन्तिम नामावली आज शुक्रबार प्रकाशित गरिने छ।

कार्यक्रमअनुसार २० गते उम्मेदवारी दर्ताको समय तोकिएको छ। मनोनयन दर्ता भएका उम्मेदवारको नामावली पनि सोही दिन प्रकाशित गरिनेछ। त्यसैगरी २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने र २२ गते मनोनयन र उजुरीउपर छानविन गरी निर्णय गर्ने र २३ गते नामावली प्रकाशन गर्ने कार्यक्रम तय गरिएको छ।

२४ गते उम्मेदवारको नाम फिर्ता गर्ने प्रक्रिया पूरा भएपछि २५ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिनेछ। त्यही दिन निर्वाचन चिह्न प्रदान गरिनेछ। मतदान भने माघ ९ गते हुनेछ।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार बन्न नपाउने आयोगले जनाएको छ।

तर नाम समावेश भए पनि कानुन प्रक्रियाबमोजिम हटेको व्यक्ति उम्मेदवार हुन बाधा नहुने आयोगकै भनाइ छ। राष्ट्रियसभाका नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका १ र सरकारबाट मनोनित १ गरी १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ सकिदैँछ। संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भइसक्नुपर्छ।

(Adipex)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली कांग्रेसमा नयाँ गुटकाे उदय , कस्ले गर्ला नेतृत्व ?
नेपाली कांग्रेसमा नयाँ गुटकाे उदय , कस्ले गर्ला नेतृत्व ?
विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने  पक्राउ, अरूकाे खाेजी जारी
विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने पक्राउ, अरूकाे खाेजी जारी
मदिरा सेवन गरी होहल्ला गर्ने ६० जना पक्राउ
मदिरा सेवन गरी होहल्ला गर्ने ६० जना पक्राउ
लालबाबु पण्डितका अगाडि टिक्ला त कोईरालाको विरासत ?
लालबाबु पण्डितका अगाडि टिक्ला त कोईरालाको विरासत ?
चुरोट चोरेको आरोपमा विवाद हुँदा साथीको हत्या
चुरोट चोरेको आरोपमा विवाद हुँदा साथीको हत्या
चीनमा रहेको नेपाली ल्याउन उड्ने तयारीमा विमान, १२घण्टा विमानस्थल बन्द गरिने
चीनमा रहेको नेपाली ल्याउन उड्ने तयारीमा विमान, १२घण्टा विमानस्थल बन्द गरिने
प्रतिनिधिसभामा एमालेको पुनः अवरोध
प्रतिनिधिसभामा एमालेको पुनः अवरोध
विश्व समाचार : वायु सेनाका अधिकारीले बलात्कार गरेको सिनेटरको खुलासा
विश्व समाचार : वायु सेनाका अधिकारीले बलात्कार गरेको सिनेटरको खुलासा
बेहुलाको निधन भएको ९ महिनापछि समाधिमा गएर विवाह (मनछुने प्रेम कहानि)
बेहुलाको निधन भएको ९ महिनापछि समाधिमा गएर विवाह (मनछुने प्रेम कहानि)
पोखरा र भैरहवाबाट चीनमा सीधै उडान सुरु गर्ने सरकारी प्रयास, हालसम्म केके भयो?
पोखरा र भैरहवाबाट चीनमा सीधै उडान सुरु गर्ने सरकारी प्रयास, हालसम्म केके भयो?

तपाईंले छुटाउनुभयो कि?