खोलाले बगाएर ४ जनाको ज्यान गयो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १७, २०७८
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  • दाङमा खोलाले गाडी बगाउँदा चार जनाको मृत्यु भएको छ।
  • घोराही लमही सडक खण्डमा पर्ने सिस्ने खोलाले गाडी बगाउँदा चार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
  • नेपालगन्जबाट घोराही आउँदै गरेको प्रदेश ३–०१–०२४ च ४४४० नम्बरको स्कार्पियो गाडी गए राति खोलाले बगाउँदा उक्त गाडीमा सवार घोराही १३ कि रितामाया मगर,सुशीला श्रेष्ठ , घोराही १४ का राधा कुँवर र बिमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दाङमा खोलाले गाडी बगाउँदा चार जनाको मृत्यु भएको छ। घोराही लमही सडक खण्डमा पर्ने सिस्ने खोलाले गाडी बगाउँदा चार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

नेपालगन्जबाट घोराही आउँदै गरेको प्रदेश ३–०१–०२४ च ४४४० नम्बरको स्कार्पियो गाडी गए राति खोलाले बगाउँदा उक्त गाडीमा सवार घोराही १३ कि रितामाया मगर,सुशीला श्रेष्ठ , घोराही १४ का राधा कुँवर र बिमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनीहरू सबै गाडी सँगै बगेका थिए। दुइजनाको राति नै शव निकालिएको थियो भने बेपत्ता भएका २ जनाको भने आज बिहान शव भेटिएको प्रहरीले जनाएको छ। बर्षाका कारण सिस्ने खोलामा गए राति ठूलो बाढी आएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?