५२ पदका लागि निर्वाचन

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १४, २०७६
|
|
४२ पटक हेरिएको
Shares
५२ पदका लागि निर्वाचन

सारांश

  • उपनिर्वाचनमा मतदान शुरु भएको छ ।
  • विहान ७ बजेबाट देशका ५२ पदका लागि मतदान शुरु भएको हो ।
  • प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय निकायको ५२ पदका लागि निर्वाचन शुरु भएको हो ।

उपनिर्वाचनमा मतदान शुरु भएको छ । विहान ७ बजेबाट देशका ५२ पदका लागि मतदान शुरु भएको हो ।

प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय निकायको ५२ पदका लागि निर्वाचन शुरु भएको हो । मतदान अपरान्ह ५ बजेसम्म हुनेछ । उपनिर्वाचनका लागि सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा तर्फ ३२ मतदान स्थल र ८२ मतदान केन्द्र, प्रदेश सभातर्फ ७८ मतदान स्थल र १७४ मतदान केन्द्र तथा स्थानीय तहतर्फ १३७ मतदान स्थल र २८१ म्तदान केन्द्र तोकिएको छ ।

चुनावका लागि ५ हजार २ सय ५२ कर्मचारी खटिएका छन् । ३ सय ३७ उम्मेदवार चुनावी मैदानमा छन् ।

कास्की क्षेत्र नं २ प्रतिनिसभा सदस्य, भक्तपुर १ क, बाग्लुङ २ ख, दाङ ३ ख मा प्रदेशसभा सदस्यका लागि मतदान भइरेको हो । स्थानीय निकायमध्ये धरान उपमहानगरपालिका प्रमुख, संखुवासभाको मकालु, पाँचथरको फाल्गुनन्द र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष पदका लागि मतदान भइरहेको हो । नगरपालिका तथा गाउँपालिकामा रिक्त ४३ वडाध्यक्ष पदका लागि पनि मतदान भइरहेको हो ।

उपनिर्वाचनलाई सत्तापक्ष र प्रतिपक्ष दुवैले दुई वर्ष अवधिमा आफ्नो परीक्षणका रुपमा लिएका छन् । त्यसैले यसमा धेरैको चासो छ । कास्की २ मा प्रतिनिधिसभा निर्वाचनका लागि भएको मतदानमा धेरैको चाासो छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?