खोला थुनेर ताल बनाइने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १३, २०७५
|
|
३३ पटक हेरिएको
Shares
खोला थुनेर ताल बनाइने

सारांश

  • दमौली, १३ मङ्सिर, तनहुँको घिरिङ गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि खोला थुनेर ताल बनाउने तयारी गरेको छ ।
  • गाउँपालिका–३ मा रहेको गोफाखोला थुनेर ताल बनाउने तयारी गरिएको हो ।
  • घिरिङलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित कृत्रिम तालको अवधारणा ल्याइएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले बताउनुभयो ।

दमौली, १३ मङ्सिर, तनहुँको घिरिङ गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि खोला थुनेर ताल बनाउने तयारी गरेको छ । गाउँपालिका–३ मा रहेको गोफाखोला थुनेर ताल बनाउने तयारी गरिएको हो ।

घिरिङलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित कृत्रिम तालको अवधारणा ल्याइएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले बताउनुभयो । उहाँले भन्नुभयो, “घिरिङ पर्यटनमा प्रचुर सम्भावना भएर पनि ओझेलमा परेको छ, ताल बनाएर ती स्थानको प्रवद्र्धन गर्ने योजनामा जुटेका छौँ ।” कृत्रिम ताल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) समेत तयार भइसकेको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले प्राविधिक पठाएर स्वीकृति दिएपछि ताल निर्माणको प्रक्रिया अगाडि बढ्ने बताउँदै रानाले चालू आर्थिक वर्षमा ताल निर्माणका लागि रु ३० लाख बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
५० रोपनी क्षेत्रफलमा फैलिने तालका लागि आवश्यक जग्गा अधिग्रहण गरिनेछ ।

बसाइँसराइ रोक्न खानेपानी आयोजना निर्माण

तनहुँको ब्यास नगरपालिका–८ कोटथोकमा कुनै समय बसाइँसराइको क्रम तीव्र रुपमा चल्यो । खानेपानीको अभावमा त्यहाँका बासिन्दा पुर्खाको थाकथलो छाड्न बाध्य भए ।

विशेषगरी हिउँदको समयमा पिउनका लागि पानीको समेत अभाव हुन थालेपछि बसाइँसराइको क्रम शुरु भएको थियो । कुनै समय ६५ घरधुरीको बसोबास रहेको कोटथोकमा अहिले १४ घरधुरी मात्रै बसोबास गरिरहेका छन् ।

खानेपानी अभावले अन्यत्र बसाइँ सर्ने क्रम बढ्दै जाँदा गाउँ नै खाली हुने खतरा बढेपछि अहिले कोटथोकमा खानेपानी आयोजना निर्माण गरिएको छ । बसाइँ सरेर बाँकी रहेका गाउँका १४ घरका सबैका आँगनमा खानेपानीको धारा जडान गरिएको छ ।

कोटथोक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष एवं स्थानीय बासिन्दा सुनबहादुर गुरुङले खानेपानीकै अभावका कारण गाउँ नै रित्तो भएको भन्दै गाउँबाट अन्यत्र गएका पुनः पुर्खाको गाउँ फर्कने विश्वास व्यक्त गर्नुभयो ।

व्यास नगरपालिकासहित विभिन्न निकायको आर्थिक सहयोगमा आठ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण गरी घरघरमा पानीको धारा पु¥याइएको छ । रु १५ लाख २१ हजार ३३७ को लागतमा लिफ्टमार्फत पानी ट्याङ्कीमा जम्मा गरी वितरण गरिने उपभोक्ता समितिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

व्यास नगरपालिकाको रु छ लाख, तनहुँ समाज हङकङको रु छ लाख, कोटथोक सम्पर्क समाज युकेको रु पाँच लाख ७० हजार ६९५, कोटथोक सम्पर्क समाज पोखराको रु दुई लाख २२ हजार ४४६, साविक क्यामिन गाविसको रु एक लाख ३५ हजार ९००, कोटथोक सम्पर्क समाज दमौलीको रु ३४ हजार, सङ्गम युवा क्लब दमौलीको रु २५ हजार र अन्य विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको सहयोगमा खानेपानी आयोजना सम्पन्न भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
एकै अभियोग? राज्यमन्त्री र मेयर सामान्य तारेखमा रिहा कापडलाई कारागार चलान
एकै अभियोग? राज्यमन्त्री र मेयर सामान्य तारेखमा रिहा कापडलाई कारागार चलान
एनएमए निर्वाचन निष्पक्ष रुपमा सम्पन्न, बदर गर्नुपर्ने अवस्था छैन् : जिप्रका
एनएमए निर्वाचन निष्पक्ष रुपमा सम्पन्न, बदर गर्नुपर्ने अवस्था छैन् : जिप्रका
कोरोना भाइरस सुरु भएको चीनको वुहानमा मृत्यु हुनेको सङ्ख्यामा ५० प्रतिशत वृद्धि
कोरोना भाइरस सुरु भएको चीनको वुहानमा मृत्यु हुनेको सङ्ख्यामा ५० प्रतिशत वृद्धि
आज गाइजात्रा, यस्तो छ इतिहास
आज गाइजात्रा, यस्तो छ इतिहास
आगलागीबाट साढे दुई लाखभन्दा बढीको धनमाल क्षति
आगलागीबाट साढे दुई लाखभन्दा बढीको धनमाल क्षति
No Dashain joy among Surkhet flood victims !
No Dashain joy among Surkhet flood victims !
मन्त्री किरातीले गरे गेशे थुब्तेन शेरवको “नेपालका बौद्ध तीर्थस्थलहरू” विमोचन
मन्त्री किरातीले गरे गेशे थुब्तेन शेरवको “नेपालका बौद्ध तीर्थस्थलहरू” विमोचन
मान्छे मारेपछि बाघ पक्राउ
मान्छे मारेपछि बाघ पक्राउ
राष्ट्रिय राजनीति राष्ट्रपतिको निर्वाचनतर्फ केन्द्रित हुँदै
राष्ट्रिय राजनीति राष्ट्रपतिको निर्वाचनतर्फ केन्द्रित हुँदै

तपाईंले छुटाउनुभयो कि?