सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १४, २०७९
|
|
१६ पटक हेरिएको
Shares
सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु

सारांश

  • काठमाडौँ ।
  • सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु भएको छ ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा अहिले भर्खरै सुरु भएको बैठकमा आगामी सहयात्रा, मन्त्रिमण्डल बिस्तार, प्रदेश सरकार गठन र सत्ता साझेदारीमा अन्य दललाई समेत सहभागी गराउने विषयमा छलफल हुने जनाइएको छ।

काठमाडौँ । सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले भर्खरै सुरु भएको बैठकमा आगामी सहयात्रा, मन्त्रिमण्डल बिस्तार, प्रदेश सरकार गठन र सत्ता साझेदारीमा अन्य दललाई समेत सहभागी गराउने विषयमा छलफल हुने जनाइएको छ।

बैठक नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलगायत सहभागी हुनुहुन्छ ।

यसअघि, बुधवार प्रचण्ड निवास खुमलटारमा एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीच भेटवार्ता भएको थियो। दुई नेताबीचको भेटमा जनतालाई सेवा प्रवाह र सुशासनका सन्दर्भमा गरेका निर्णयलाई कार्यान्वयन गर्ने विषयमा छलफल भएको थियो ।

आजको बैठकमा उपराष्ट्रपति, उपसभामुख, प्रदेश प्रमुखहरू, मुख्यमन्त्रीहरू, मन्त्रालयहरू कुन दलले के लिने र कति लिने भन्नेबारे छलफल गरेर भागबन्डा गर्ने तयारी छ।

राष्ट्रपति र सभामुख भने नेकपा एमाले लिने यसअघि नै सहमति भइसकेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance create account

    Your article helped me a lot, is there any more related content? Thanks!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?