गंगामायाले जुस पिएर अनशन तोडिन्

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३०, २०७५
|
|
१६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ ।
  • छोराको न्याय माग्दै वीर अस्पतालमा आमरण अनशनमा बसेकी गंगामाया अधिकारीले अनशन तोडेकी छिन् ।
  • गोर्खा फुजेलकी ५८ वर्षीया अधिकारी गत जेठ १५ गतेदेखि छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनशन बसेकी थिइन् ।

काठमाडौँ । छोराको न्याय माग्दै वीर अस्पतालमा आमरण अनशनमा बसेकी गंगामाया अधिकारीले अनशन तोडेकी छिन् । गोर्खा फुजेलकी ५८ वर्षीया अधिकारी गत जेठ १५ गतेदेखि छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनशन बसेकी थिइन् ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको पहलमा अनसन तोडाइएको हो । शर्माले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङलाई समेत उपस्थिति बनाएर जुस खुवाएर अधिकारीलाई अनशन तोडाएका हुन् ।

जुस खाएपछि अधिकारीले आफू १० दिनका लागिमात्र अनशन तोडेको बताएकी छिन् । “मेरो छोराको हत्यामा संलग्नलाई अहिले समातिएको छ”, गंगामायाले भनिन्, “अब कारबाही हुन्छ कि हँुदैन, १० दिनसम्म दोषीलाई सरकारले के गर्दछ हेर्छु, यदि कारबाही नगरे फेरि ११औँ दिनमा अनशनमा बस्छु ।”

मन्त्री तामाङले अनशन तोडाउँदा गंगामायालाई कहिल्यै अनशन बस्न नगरिकन न्याय दिलाउने आश्वासन दिएका छन् । “सरकार अन्यायमा परेकालाई न्याय दिलाउने गर्दछ”, मन्त्रीले गंगामायालाई भने, “तपाईलाई न्याय दिलाउनका लागि नै अदालत प्रक्रिया थालिएको हो ।”

मानवअधिकार आयोगका अध्यक्ष शर्माले अधिकारीलाई न्याय दिलाउने बाटोमा आयोग लाग्ने बताउँदै अहिले घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको र दोषीलाई कारबाही हुने प्रक्रियामा रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?