परराष्ट मन्त्री ज्ञवालीले गरे क्रिकेट खेलाडीलाई बिदाई
सारांश
- थाइल्याण्डमा आयोजना हुने एसीसी यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता खेल्ने नेपाली क्रिकेट टोलीलाई परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवालीले बिदाइ गरेका छन् ।
- बिहिबार बिहान ज्ञवालीले टोलीको बिदाई गरेका हु्न् ।
- टोली आजै थाइल्याण्डतर्फ प्रस्थान गर्दैछ ।
थाइल्याण्डमा आयोजना हुने एसीसी यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता खेल्ने नेपाली क्रिकेट टोलीलाई परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवालीले बिदाइ गरेका छन् ।
बिहिबार बिहान ज्ञवालीले टोलीको बिदाई गरेका हु्न् । टोली आजै थाइल्याण्डतर्फ प्रस्थान गर्दैछ ।
यही वैशाख ७ देखि १५ गतेसम्म हुने उक्त प्रतियोगिताको लागि विशाल विक्रम केसीको कप्तानीमा नेपालले खेल खेल्नेछ ।
नेपाली टोलीमा आशिष भट्टराई, प्रशान्त महमत, अर्जुन कुमाल, दीपक बोहोरा, सुवास ऐर, निखिलकुमार सिंह, विशालकुमार पटेल र किस कार्की छन् ।

त्यसैगरी तिलकराज भण्डारी, रमेश कुर्मी, रोहन दुधराज विक, प्रशान्त सिंह र सुशान्त थापा पनि छनोटमा परेका छन् । वैकल्पिकतर्फ अभिशेक गौतम, पर्शुराम यादव, अरबाज अन्सारी र विवेक दर्शी रहेका छन् । नेपालले आफ्नो पहिलो खेल यही वैशाख ७ गते म्यान्मासँग खेल्नेछ ।
समूह ए’ मा रहेको नेपालको समूहमा आयोजक थाइल्याण्ड र मलेसिया छन् । त्यस्तै समूह ‘बी’ मा हङकङ, सिङ्गापुर, भुटान र चीन रहेका छन् ।
प्रतिक्रिया