कांग्रेसले राष्ट्रियसभा सदस्यको टुंगो लगाउँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ९, २०७४
|
|
३१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ९ माघ-राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले आज उम्मेदवारको टुंगो लगाउने भएको छ ।
  • माघ २४ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि भोलि (बुधवार) उम्मेदवार मनोनयन गर्नुपर्ने निर्वाचन आयोगको तालिका छ ।
  • आज प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेसको पार्टी पदारी र पूर्व पदाधिकारीको वैठक बस्दैछ ।

काठमाडौं, ९ माघ-राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले आज उम्मेदवारको टुंगो लगाउने भएको छ । माघ २४ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि भोलि (बुधवार) उम्मेदवार मनोनयन गर्नुपर्ने निर्वाचन आयोगको तालिका छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेसको पार्टी पदारी र पूर्व पदाधिकारीको वैठक बस्दैछ । सो वैठकले राष्ट्रियसभा सदस्यको उम्मेदवारको टुंगो लगाउने कांग्रेसले जनाएको छ ।

नेताहरुबीच सहमति जुट्न नसकेपछि उम्मेदवारको नाम टुंगाउन ढिलाई भएको हो । कांग्रेसले प्रदेश नम्बर ७ बाट मात्र चारजना नेताको नाम टुंगो लगाएको छ । प्रदेश सातबाट खुला सदस्यमा बद्री पाण्डे, तारादेवी भट्ट, सेरीराम पार्की, अपांगता भएका व्यक्तिबाट छत्रराज जोशीलाई उम्मेदवार बनाउने सोमबार सहमति भएको थियो ।

प्रदेश नम्बर ४ बाट सुरेन्द्रराज पाण्डेलाई अघि सार्ने निश्चित देखिएको छ । अन्य प्रदेशमा सहमति जुट्न सकेको छैन । प्रदेश नम्बर २ मा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसँग तालमेल गर्ने आन्तरिक तयारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?