चोरी गर्न भारतदेखि नेपाल सम्म्

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ३, २०७३
|
|
१२६ पटक हेरिएको
Shares
चोरी गर्न भारतदेखि नेपाल सम्म्

सारांश

  • भारतबाट समूह बनाई आएर काठमाडौंका विभिन्न स्थानमा चोरी गर्दै आएको अभियोगमा प्रहरीले सात भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
  • चोरीमा संलग्न रहेको अभियोगमा एक नेपाली पनि पक्राउ परेका छन् ।
  • पक्राउ परेका भारतीय नागरिक मोतीहारी जिल्लाको समस्तिपुरका बासिन्दा हुन् ।

भारतबाट समूह बनाई आएर काठमाडौंका विभिन्न स्थानमा चोरी गर्दै आएको अभियोगमा प्रहरीले सात भारतीय नागरिकलाई पक्राउ गरेको छ । चोरीमा संलग्न रहेको अभियोगमा एक नेपाली पनि पक्राउ परेका छन् ।
पक्राउ परेका भारतीय नागरिक मोतीहारी जिल्लाको समस्तिपुरका बासिन्दा हुन् । उनीहरूले केही दिनदेखि समूह बनाएर राजधानीका विभिन्न स्थानमा चोरी गर्दै आएको प्रहरीको दाबी छ । पक्राउ पर्नेमा मोतीहारीका दिनेश पोदार, राकेश कुमार, टुलिया पोदार, बिक्की पोदार, धनेन्द्र कुमार, विकास कुमार र नीरज कुमार छन् । उनीहरूमध्ये धनेन्द्र, विकास र नीरज बालक हुन् ।
चोरीमा बालबालिकाको प्रयोग
उनीहरूलाई अभिभावकले नै चोरीमा प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ । ‘बच्चाहरूलाई समेत प्रयोग गरी काठमाडौंका विभिन्न स्थानमा चोरी गरेको पाइएको छ,’ महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख डिएसपी नवराज अधिकारीले भने, ‘अभिभावकले नै बच्चालाई चोरीमा लगाउने गरेको पाइयो । उनीहरूको मुख्य पेसा नै चोरी भएको खुलेको छ ।’
भारतको समस्तिपुरबाट चोरी गर्नकै लागि उनीहरू काठमाडौं आएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । कतै ठेलागाडामा सामान बिक्री गर्ने बहानामा त कहिले सडकमा प्लास्टिक बटुल्ने बहानामा विभिन्न घरमा प्रवेश गरी उनीहरूले चोरी गर्दै आएको प्रहरीले जनाएको छ ।
चोरी गर्दै भारत भाग्दै
मोतीहारीको घोडासन र समस्तिपुरका बासिन्दा चोरी आरोपमा पटक–पटक नेपालमा पक्राउ पर्दै आएका छन् । चोरी गर्नकै लागि उनीहरू समूह बनाएर नेपाल आउने र चोरी गरी भाग्ने गरेको प्रहरी अधिकारी बताउँछन् ।
पक्राउ परेकामध्ये टुलिया र बिक्की कारागार चलान भइसकेका छन् । उनीहरूको साथबाट लागुऔषधसमेत बरामद भएको छ । अन्य ६ जनालाई मंगलबार बिहान स्युचाटारबाट पक्राउ गरिएको डिएसपी अधिकारीले बताए । उनीहरूले स्युचाटारस्थित मनिर सयफीको डेराबाट विभिन्न धनमाल चोरी गरेका थिए । चोरीको सामान किन्ने सुनसरी घर भएका पारस पोदार पनि पक्राउ परेका छन् । चोरीका सामानहरू उनकै कवाडी पसलबाट प्रहरीले बरामद गरेको छ ।
आठ लाख चोर्ने दुईजना पक्राउ
एक कम्पनीबाट आठ लाख रुपैयाँ चोरी गर्ने दुईजना पक्राउ परेका छन् । टोखाको पन्चेटारस्थित सुमार्ग ट्रेडिङ कम्पनीबाट आठ लाख रुपैयाँ चोरी गर्ने नुवाकोटका चन्द्रबहादुर तामाङ र सुजन तामाङ भनिने सुशान्त तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
गत १३ असोजमा कार्यालयको ताला फुटाई नगद चोरी भएको थियो । चोरीमा संलग्न चन्द्रबहादुर १५ असोजमै पक्राउ परेका थिए । अर्का अभियुक्त सुशान्त भने सोमबार मात्र पक्राउ परेको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी गोविन्द पुरीले बताए । चोरी गरेको रकममध्ये चार लाख रुपैयाँ र चोरीमा प्रयोग गरिएको मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायल–हमास युद्धमा २४ सयभन्दा बढीको मृत्यु
इजरायल–हमास युद्धमा २४ सयभन्दा बढीको मृत्यु
सङ्घीय संसद्को अधिवेशन आजदेखि सुरु हुँदै, यस्तो छ कार्यसूची
सङ्घीय संसद्को अधिवेशन आजदेखि सुरु हुँदै, यस्तो छ कार्यसूची
त्यो जाली काम गर्ने सिलवाल अहिले कुन पार्टीमा छ ?:  देउवा
त्यो जाली काम गर्ने सिलवाल अहिले कुन पार्टीमा छ ?: देउवा
दूतावासमा खटिएका असईले गरे आफैंलाई गोली हानेर आत्महत्या
दूतावासमा खटिएका असईले गरे आफैंलाई गोली हानेर आत्महत्या
‘जात्रा’ मल्टिप्लेक्स सबैतिर हाउसफूल…
‘जात्रा’ मल्टिप्लेक्स सबैतिर हाउसफूल…
प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनाउने कुरामा सहमत भइसक्याे :  ‘प्रचण्ड’
प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनाउने कुरामा सहमत भइसक्याे : ‘प्रचण्ड’
रुसले कोरोना भ्याक्सिनको क्लिनिकल परीक्षण सकेसँगै जनतालाई अक्टोबरमा खोप लगाउने
लामो समय देखि अबरुद्ध मध्यपहाडी लोकमार्ग सडक खण्डको निर्माण कार्य सुरु
लामो समय देखि अबरुद्ध मध्यपहाडी लोकमार्ग सडक खण्डको निर्माण कार्य सुरु
सरकारले प्रतिपक्षलाई मिलाएर जान सकेन : सांसद प्रधान
सरकारले प्रतिपक्षलाई मिलाएर जान सकेन : सांसद प्रधान
ओलीको भारत भ्रमणअघि पार्टी एकता नहुने
ओलीको भारत भ्रमणअघि पार्टी एकता नहुने

तपाईंले छुटाउनुभयो कि?