कांग्रेस नेता प्रदीप गिरिको निधन

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ५, २०७९
|
|
२१ पटक हेरिएको
Shares
कांग्रेस नेता प्रदीप गिरिको निधन

सारांश

  • काठमाडौं ।
  • मेडिसिटी अस्पतालमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता तथा सिरहा क्षेत्र नं.
  • १ का प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको शनिवार राती ९ बजेर ३६ मिनेट जाँदा निधन भएको छ ।

काठमाडौं । मेडिसिटी अस्पतालमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता तथा सिरहा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको शनिवार राती ९ बजेर ३६ मिनेट जाँदा निधन भएको छ ।

अस्पताल स्रोतले उनको मृत्युबारेमा केही बेरमै जानकारी गराउने तयारी गरिरहेको छ । परिवारिक स्रोतका अनुसार क्यान्सर र नेमोनियाबाट पिडित गिरिका केही अंगहरुले शनिवारदेखि नै काम गर्न छोडेको थियो । भेन्टिलेटरको सहयताले उनको उपचार भइरहेता पनि परिवारकै अनुरोधमा शनिबार भेन्टिलेटरबाट बाहिर निकालेर आइसीयूमा उपचार भइरहेको थियो ।

गिरिको स्वास्थ्य लाभका लागि विभिन्न संघसंस्था र गाउँलेहरुले शुक्रबारदेखि नै प्राथाना सभाहरु गर्दै आएका थिए ।

सिरहाको बस्तीपुर गाउँ (हाल लहान नपा–१४)मा बि.सं.२००२ साल लक्ष्मीपूजाका दिन जन्मिएका गिरि पूर्वप्रधानमन्त्री तुलसी गिरि र पूर्वमन्त्री रुद्रप्रसाद गिरिका भतिजा हुन ।

गिरि सानैदेखि तीक्ष्ण बुद्धि र मेधाबी छात्रको रूपमा अध्यनशील थिए । स्व. मित्रलाल गिरीका ५ सुपुत्रमध्ये माइलो गिरिलाई समकालीन नेपाली साहित्य र राजनीतिका कुशल खेलाडीका रुपमा लिइन्छ । अकाट्य तर्क, चिन्तन, सुबोध्य भाषण कला, सुपाच्य लेखनशैली, आफ्नै विवेकका पक्षपाती गिरि संसद र सभाहरुमा प्रखर वक्ताका रुपमा सुपरिचित थिए ।

उनका वीपी र समाजवाद,विश्वेश्वरप्रसाद कोइराला राजनीतिक अभिलेख, महात्मा गान्धी र राममनोहर लोहियाका जीवनी, लेनिन एक अध्ययन जस्ता दर्जनौं कीर्तिहरु प्रकाशित छन् । कही राजनीतिक प्रवचन होस् वा साहित्यिक सम्मेलन त्यहाँ गिरि आउँदैछन् भन्नासाथ उनलाई सुन्न र बुझ्न बौद्धिक जमातको उपस्थिति ह्वात्तै बढने गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणकाजी श्रेष्ठले पार्टी प्रवक्ता पदबाट राजीनामा दिएका छैनन्: प्रचण्ड
नयाँ आइजिपीका लागि दौड सुरु, को बन्ला !
नयाँ आइजिपीका लागि दौड सुरु, को बन्ला !
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण भदौ ८ गते
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण भदौ ८ गते
नयाँ मापदण्ड अनुसार राजदूत नियुक्ति गर्ने सरकारको तयारी,  यि देशमा छ राजदूत पद रिक्त !
नयाँ मापदण्ड अनुसार राजदूत नियुक्ति गर्ने सरकारको तयारी, यि देशमा छ राजदूत पद रिक्त !
रुपन्देहीको अन्तिम परिणामः एमालेको पहिलो स्थान कायमै
रुपन्देहीको अन्तिम परिणामः एमालेको पहिलो स्थान कायमै
LionsClub International District 325 B1, Nepal , को  “Mega Tree Plantation” कार्यक्रम सम्पन्न !
LionsClub International District 325 B1, Nepal , को “Mega Tree Plantation” कार्यक्रम सम्पन्न !
५० वर्षपछि अध्यावधिक गरिँदै पारिस्थितिकीय प्रणाली
५० वर्षपछि अध्यावधिक गरिँदै पारिस्थितिकीय प्रणाली
प्रचण्ड कर्णालीतिर, उपराष्ट्रपति पुनका छोरा दिपेश साथमै
प्रचण्ड कर्णालीतिर, उपराष्ट्रपति पुनका छोरा दिपेश साथमै
सरकारी कार्यालयकै भवनमापदण्ड विपरीत, सम्बन्धित निकाय मौन
सरकारी कार्यालयकै भवनमापदण्ड विपरीत, सम्बन्धित निकाय मौन
जनयुद्धको नक्कल गरेर विद्रोह असम्भव: प्रचण्ड
जनयुद्धको नक्कल गरेर विद्रोह असम्भव: प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?