फेसबुकमा पोस्ट गरिएको सेल्फीबाट हत्यारा पत्ता लाग्यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०७४
|
|
२६ पटक हेरिएको
Shares
फेसबुकमा पोस्ट गरिएको सेल्फीबाट हत्यारा पत्ता लाग्यो

सारांश

  • एजेन्सी, माघ ५ ।
  • कतै घुम्न जाँदा होस या कुनै साथीसँग भेट हुँदा होस हामी सेलफी खिचेर फेसबुकमा पोस्ट गर्ने गर्छौं ।
  • फेसबुक प्रयोग बढेसँगै सेल्फीको लोकप्रियता पनि बढेको छ ।

एजेन्सी, माघ ५ । कतै घुम्न जाँदा होस या कुनै साथीसँग भेट हुँदा होस हामी सेलफी खिचेर फेसबुकमा पोस्ट गर्ने गर्छौं । फेसबुक प्रयोग बढेसँगै सेल्फीको लोकप्रियता पनि बढेको छ ।
सेल्फीको लोकप्रियता बढ्दै गर्दा कतिपय मोबाइल उत्पादक कम्पनीले सेल्फीलाई नै ध्यानमा राखेर आफ्ना मोबाइल उत्पादन गर्दै आएका छन् । हामीले सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्न सामन्य ठान्छौं तर क्यानाडामा प्रहरीले फेसबुकमा पोस्ट गरिएको एउटा सेल्फीको मद्दतले हत्यारा पत्ता लगाएको छ । शायेन एन्टोनी नाम गरेकी एक युवतीले पोस्ट गरेको सेल्फीको मद्दतबाट प्रहरीले हत्यारा पहिचान गरेको हो ।

सन् २०१४ मा एन्टोनीकी साथी ब्रिटनी गैरगोलको हत्या भएको थियो । अदालतले ब्रिटनीको हत्यामा उनकै साथी शायेनलाई दोषी ठहर गरेको छ । प्रहरीका अनुसार ब्रिटनी बेपत्ता हुनु एक दिनअघि शायेनले फेसबुकमा पोस्ट गरेको सेल्फीमा अनुसन्धान केन्द्रीत गरिएको थियो । उक्त सेल्फीमा दुवैजना थिए ।

प्रहरीको ध्यान एउटै कुरामा केन्द्रीत थियो, सेल्फीमा शायेनले लगाएको बेल्ट ब्रिटनीको शवसँगै बरामद भएको थियो । लामो अनुसन्धानपटिट प्रहरीले ब्रिटनीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।

ब्रिटनीले अन्ततः हत्या आफूले नै गरेको स्वीकार गरेकी हुन् । केही कुरामा आफूहरुबीच विवाद भएको र आफूले घाँटी थिचेर ब्रिटनीको हत्या गरेको बयान उनले दिइन् । सोही आधारमा अदालतले उनलाई दोषी ठहर गर्दै सजाय सुनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्पका कारण थप एकको मृत्यु, दुईको अवस्था गम्भीर
भूकम्पका कारण थप एकको मृत्यु, दुईको अवस्था गम्भीर
​दरबारमार्गको होटलमा बलात्कार: डिएसपी छानबिनमा, इन्सपेक्टर पक्राउ !
​दरबारमार्गको होटलमा बलात्कार: डिएसपी छानबिनमा, इन्सपेक्टर पक्राउ !
काङ्ग्रेसले कात्तिक १ र २ गते प्रशिक्षण कार्यक्रम गर्दै
काङ्ग्रेसले कात्तिक १ र २ गते प्रशिक्षण कार्यक्रम गर्दै
रुसी अन्तरिक्ष यानको भग्नावशेष प्रशान्त महासागरमा खस्यो
रुसी अन्तरिक्ष यानको भग्नावशेष प्रशान्त महासागरमा खस्यो
नेप्सेको उकालो यात्रा कायमै
नेप्सेको उकालो यात्रा कायमै
किन परिवारसँग टाढिइरहेका छन् अहिलेका पुस्ता?
किन परिवारसँग टाढिइरहेका छन् अहिलेका पुस्ता?
‘नक्कली चिकित्सक प्रकरण’ मा प्रहरी, सरकारी वकिल र मेडिकल काउन्सिलकाे बदनियतपूर्ण कार्यकाे खुलासा !
‘नक्कली चिकित्सक प्रकरण’ मा प्रहरी, सरकारी वकिल र मेडिकल काउन्सिलकाे बदनियतपूर्ण कार्यकाे खुलासा !
आईजीका छोरामाथि मुद्दा नचलाउने निर्णय महान्यायाधीवक्ता रमणकुमारको पालामा सुटुक्क भएछ
आईजीका छोरामाथि मुद्दा नचलाउने निर्णय महान्यायाधीवक्ता रमणकुमारको पालामा सुटुक्क भएछ
मुख्यमन्त्री पाण्डेद्वारा माल्यार्पण
मुख्यमन्त्री पाण्डेद्वारा माल्यार्पण
सीडीओ सरुवामा नयाँ प्रावधान, अब पहुँच र भनसुनलाई ‘बाईबाई’
सीडीओ सरुवामा नयाँ प्रावधान, अब पहुँच र भनसुनलाई ‘बाईबाई’

तपाईंले छुटाउनुभयो कि?