गणपुरक सङ्ख्याको अभावमा सुरक्षण मुद्रण प्रस्ताव निर्णयार्थ प्रस्तुत भएन

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २९, २०७९
|
|
४५ पटक हेरिएको
Shares
गणपुरक सङ्ख्याको अभावमा सुरक्षण मुद्रण प्रस्ताव निर्णयार्थ प्रस्तुत भएन

सारांश

  • काठमाडौं ।
  • राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस’ भन्ने प्रस्ताव कार्यसूचीमा समावेश गरिए पनि प्रतिनिधिसभामा गणपुरक सङ्ख्याको अभावमा प्रस्ताव प्रस्तुत हुन सकेन ।
  • प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्नुअघि नेकपा (एमाले) का सचेतक महेश बर्तोलाले गणपुरक सङ्ख्याको यकिन गर्न सभामुख समक्ष माग गरे ।

काठमाडौं । राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस’ भन्ने प्रस्ताव कार्यसूचीमा समावेश गरिए पनि प्रतिनिधिसभामा गणपुरक सङ्ख्याको अभावमा प्रस्ताव प्रस्तुत हुन सकेन ।

प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्नुअघि नेकपा (एमाले) का सचेतक महेश बर्तोलाले गणपुरक सङ्ख्याको यकिन गर्न सभामुख समक्ष माग गरे । त्यस लगत्तै सभामुख देवराज घिमिरेले तीन मिनेटको घण्टी बजाएर गणपुरक सङ्ख्या यकिन गर्न सचिवालयलाई निर्देशन दिएका थिंए ।

बैठकमा कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा कम्तीमा एक तिहाई अर्थात् ६९ सांसद उपस्थित हुनुपर्नेमा ६१ मात्र रहेको जनाउँदै सभामुख घिमिरेले आजको कार्यसूचीमा रहेका बाँकी सबै कार्यक्रम स्थगित भएको जानकारी दिए । यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सदनमा उक्त प्रस्तावमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

विधेकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले मुलुकमा सुरक्षण मुद्रणसम्बन्धी कानुन आवश्यक भएकाले उपकरण खरिद र पूर्वाधार निर्माण गरेर अन्तःशुल्कको स्टिकरलगायत सुरक्षण मुद्रणसम्बन्धी सामग्री छपाई सुरु गर्न पहल र प्रयत्न भइरहेको बताए ।

मन्त्री शर्माले भने, ‘हामीसँग भएको क्षमतालाई बढाएर सुरक्षण मुद्रण स्थापना गरी सञ्चालन गरिनेछ, सरकारकै निगरानी र मातहतमा राखिनेछ, विधेकमा बाझिएका बुँदा सच्याइनेछ, गुणस्तरमा विशेष ध्यान दिइनेछ ।’ छलफलमा ज्ञानेन्द्रबहादुर कार्की, महेश बर्तौला, रोशन कार्की, रघुजी पन्त, मनिष झा, प्रेम सुवाल, माधव सापकोटा, रामकृष्ण यादव, धु्रवबहादुर प्रधानलगायत १५ सांसदले विधेयकबारे आफ्ना धारणा राखेका थिए ।

उक्त विधेयक विसं २०७७ मा राष्ट्रियसभामा उत्पत्ति भई त्यही लामो समयसम्म रहेको थियो । प्रतिनिधिसभाको अर्को बैठक आगामी वैशाख ३ गते आइतबार दिनको १ बजे बस्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभाद्वारा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक स्वीकृत
राष्ट्रियसभाद्वारा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक स्वीकृत
टी-२० विश्वकप महिला छनोट: नेपालको पहिलो जित
टी-२० विश्वकप महिला छनोट: नेपालको पहिलो जित
उपक्षेत्रीय अस्पतालमा सेवा सुविधा बढेपछि बिरामीको संख्यामा वृद्धि
उपक्षेत्रीय अस्पतालमा सेवा सुविधा बढेपछि बिरामीको संख्यामा वृद्धि
ट्यासी चालकको आँखा फुटाएर ६ हजार लुटियो !
ट्यासी चालकको आँखा फुटाएर ६ हजार लुटियो !
दृष्टिविहीन विद्यार्थीलाई मोबाइल वितरण
दृष्टिविहीन विद्यार्थीलाई मोबाइल वितरण
बाटो नहुँदा अर्कै प्रदेशबाट पालिका पुग्छन् त्रिवेणीवासी, ‘लाइफलाइन’मा संघको ‘आलटाल’
बाटो नहुँदा अर्कै प्रदेशबाट पालिका पुग्छन् त्रिवेणीवासी, ‘लाइफलाइन’मा संघको ‘आलटाल’
गोंगबुमा हत्या गरी शव टुक्रा पारेर फाल्ने कल्पनालाई आजीवन कारावासको सजाय, नाबालिक छोरीलाई सफाई
सत्ता र शक्तिको दुरुपयोगविरुद्ध निगरानी आवश्यक : अध्यक्ष आचार्य
सत्ता र शक्तिको दुरुपयोगविरुद्ध निगरानी आवश्यक : अध्यक्ष आचार्य
‘मेरो सरकार’ले नेकपा भित्र बनायो आलोचना र विवाद
‘मेरो सरकार’ले नेकपा भित्र बनायो आलोचना र विवाद
निर्वाचन विरोधी घटना नियन्त्रण गर्नुपर्छ प्रधानमन्त्री देउवा

तपाईंले छुटाउनुभयो कि?