संसारभरका कम्युनिष्टले नेपालको पछिल्लो अवस्था अवलोकन गरिरहेको प्रचण्डको भनाई

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ९, २०७६
|
|
२३ पटक हेरिएको
Shares
संसारभरका कम्युनिष्टले नेपालको पछिल्लो अवस्था अवलोकन गरिरहेको प्रचण्डको भनाई

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको अन्तिम फलामे ढोका फोर्न सफल भएको दावी गरेका छन् ।
  • आइतबार नेकपाका जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाउँदै सोमबार नाम सार्वजनिक गरेपछि उनले पार्टी एकताले नयाँ फड्को मारेको बताएका हुन् ।
  • पार्टी एकतालाई उनले नेपाली जनतको विजय भएको बताए ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको अन्तिम फलामे ढोका फोर्न सफल भएको दावी गरेका छन् । आइतबार नेकपाका जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाउँदै सोमबार नाम सार्वजनिक गरेपछि उनले पार्टी एकताले नयाँ फड्को मारेको बताएका हुन् ।

पार्टी एकतालाई उनले नेपाली जनतको विजय भएको बताए । सम्बोधनका क्रममा उनले दुई ठूला कम्यूनिष्ट बीचको एकता नेपाली जनताको मात्रै नभएर विश्वकै कम्यूनिष्टका लागि विजयको संकेत भएको दावी गरे । विश्वभरका कम्यूनिष्टहरुले नेपालको पछिल्लो स्थितिको अवलोकन गरिरहेको पनि दाहालको भनाई थियो ।

पार्टी एकताको फलामे ढोका फोरिएको भन्दै उनले पार्टी एकता टुंगियो भन्दैमा चुप लागेर नबस्ने पनि बताए । विभिन्न कोणबाट समीक्षा गर्दै जनउत्तरदायी बन्दै जाने र देशलाई विकासको फड्कोमा पुर्याउने भनाई पनि उनले आफ्नो सम्बोधनमा व्यक्त गरे ।

पार्टी एकतालाई पूर्णता दिनेक्रममा ८ महिनाभित्र देश भित्र र प्रवासका सबै संघसंगठनका एकता सकाउने र १ वर्ष भित्रै महाधिवेसन सम्पन्न गरे उनले उद्घोष गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?