मनाङमा विद्युतीय राहदानी वितरण सुरू

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ३, २०७९
|
|
३३ पटक हेरिएको
Shares
मनाङमा विद्युतीय राहदानी वितरण सुरू

सारांश

  • मनाङमा पनि विद्युतीय राहदानी वितरण सेवा सुरू भएको छ ।
  • विद्युतीय राहदानी वितरणका लागि आवश्यक संरचना र अन्य प्राविधिक व्यवस्थापन नहुँदा करिब आठ महिना राहदानी सेवा प्रभावित भएको थियो ।
  • सरकारले एमआरपी राहदानी वितरण रोकेसँगै मनाङमा बन्द भएको राहदानी सेवा लामो समयपछि पुनः सुचारु भएको मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताए ।

मनाङमा पनि विद्युतीय राहदानी वितरण सेवा सुरू भएको छ । विद्युतीय राहदानी वितरणका लागि आवश्यक संरचना र अन्य प्राविधिक व्यवस्थापन नहुँदा करिब आठ महिना राहदानी सेवा प्रभावित भएको थियो ।

सरकारले एमआरपी राहदानी वितरण रोकेसँगै मनाङमा बन्द भएको राहदानी सेवा लामो समयपछि पुनः सुचारु भएको मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताए । उनका अनुसार मनाङले विद्युतीय राहदानी वितरणका लागि आवश्यक संरचना र प्राविधिक व्यवस्थापन गरी सेवा सुरू गरेको हो ।

सरकारले देशभरका ७७ वटै जिल्लाबाट विद्युतीय राहदानी सेवा सुरू गर्ने भने पनि हिमाली जिल्लामा त्यसको व्यवस्थापन गर्न ढिलाइ गरेको थियो । जिल्ला प्रशासन कार्यालय मनाङमा सेवाग्राहीको चाप कम भए पनि राहदानी सेवाका लागि भने सेवाग्राही दैनिकजसो आउने गरेका छन् ।

गत १ मंसिरदेखि ई-पासपोर्ट लागु भएसँगै विभागले एमआरपी वितरण बन्द गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?