‘मेरो सरकार’ले नेकपा भित्र बनायो आलोचना र विवाद
सारांश
- काठमाडौं ।
- सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ शब्द उल्लेख गरेको विषयमा नेकपा संसदीय दलभित्र समेत आलोचना भएको छ ।
- संसदीय दलको बैठकमा आलोचना भएको छ ।
काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ शब्द उल्लेख गरेको विषयमा नेकपा संसदीय दलभित्र समेत आलोचना भएको छ ।
संसदीय दलको बैठकमा आलोचना भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले नै नीति तथा कार्यक्रम आफूले पढदा ‘मेरो सरकार’ शब्द नै नभएको बताएका थिए । उनलाई पढ्न दिइएको नीति तथा कार्यक्रममा मेरो सरकार शब्द नभै नभएको बताएपछि सांसदहरू अचम्म भएका थिए ।
बैठकमा सांसद रामकुमारी झाँक्रीले ‘मेरो सरकार’ भनिएको भन्दै आलोचना गरिन् । उनले आपत्ति जनाउँदै भनिन् ‘यो भाषा बेठीक छ । गणतन्त्रमा यस्तो भाषा सुहाउँदैन ।’
बैठकपछि झाँक्रीले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छन्, ‘मेरो सरकार भन्ने चलन संसारभरि छ भन्ने भनाइसँग सहमत हुन सकिएन । आफ्नो फरक मत राख्दै नीति तथा कार्यक्रम पास गर्न भोट हाल्नेछु ।’
बैठकमा सांसद जनार्दन शर्माले मेरो सरकार भन्ने भाषाले राष्ट्रपति विवादमा परेकाले यसलाई सरकारले प्रष्टाउनुपर्ने बताएका थिए । सांसदले आलोचना गरेपछि नेताहरूले अन्तर्राष्ट्रिय मान्यताअनुसार नै यस्तो भाषा राखिएको भन्दै सम्झाउने प्रयास गरेका थिए ।
अरू विषयमा छलफल भएको थियो र ‘मेरो सरकार’को कुरा आफूले पढेको नीति तथा कार्यक्रम नभएको अध्यक्ष दाहालले यसबारे जानकारी नभएको बताएका थिए ।
प्रतिक्रिया