गणेश लामाको छाती गोलीले छुन भ्याएन, कसले हानेको थियो गोली?
सारांश
- काठमाडौं- गत साता गौशलास्थित पशुपति भिजन अगाडी कांग्रेस नेता गणेश लामालाई लक्षित गरी गोली प्रहार भयो ।
- लामाको दरीलो मुटुको कारण गोलीले उनको छाती छुन भ्याएन ।
- गोली ठोक्न तेस्र्याएको हातसहितको पेस्तोल लामाले बङ्याएपछि गोली अन्तै पड्कियो ।
काठमाडौं- गत साता गौशलास्थित पशुपति भिजन अगाडी कांग्रेस नेता गणेश लामालाई लक्षित गरी गोली प्रहार भयो । लामाको दरीलो मुटुको कारण गोलीले उनको छाती छुन भ्याएन ।
गोली ठोक्न तेस्र्याएको हातसहितको पेस्तोल लामाले बङ्याएपछि गोली अन्तै पड्कियो । गोली पड्किएपछि भुईँसम्म खसेको पेस्तोल नियन्त्रणमा लिँदा लामा अहिले प्रहरीको हिरासतमा हात हतियार तथा खरखजना मुद्दा झेल्न बाध्य छन् ।
पशुपती भिजनमा रहेको ईन्द्रेणी फिटनेस क्लवमा लामा नियमित शारीरिक व्यायमको लागि पुग्ने गर्थे । उनको आउने र जाने समय प्रायः एकै हुन्थ्यो । त्यस दिन पनि क्लवको नियमित कार्य सकाएर फर्किने क्रममा उनलाई लक्षित गरी गोली प्रहार गर्न खोजिएको थियो ।
दिन बलियो भए काल पनि तर्सिन्छ भनेजस्तै भयो त्यस दिन लामा लागि । जब कालसँग लडेर खोसीएको पेस्तोल लामाको हातबाट प्रहरीले बनाएको मुचुल्का बनाएर मुद्दाको अनुसन्धान अगाडी बढायो ।
प्रहरीले ईन्काउन्टर गर्न खोज्यो
लामाको परिवारका सदस्य देखि जिल्ला नेता र प्रहरीका केही हाकिमले समेत लामा प्रहरीको ईन्काउन्टरबाट जोगिएको कानेखुसी गर्न थाले । परिवारले त ईन्काउन्टर नै गर्न लागेको दाबी गर्दै पत्रकार सम्मेलन नै गरेको थियो । काठमाडौं परिसरका एसएसपी विश्वराज पोखरेलको अहित चाहेने प्रहरी अधिकृतले मौका यहि हो भन्दै आफू निकट पत्रकारलाई समचार समेत लेखाउन भ्याए ।
लामा ईन्काउन्टरबाट प्रहरी चुक्यो भन्दै अनलाईन सञ्चार माध्यमबाट समाचार बाहियो । केही नाम चलेका अनलाईनले गुण्डा नाईके गणेश लामा पेस्तोलसहति पक्राउ भनेर समाचार प्रकाशित भए । प्राय पत्रकार र प्रहरीकै मनमा आजको दिनसम्म पनि प्रहरीले नै लामाको ईन्काउन्टर गर्न खोजेको तर असफल भएको कुरा मनमा गुन्जिरहेको छ । तर यो प्रहरीको ईन्काउन्टर हुन सक्दैन ।
नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभामा चुनाव लडेर पराजित भएका व्यक्तिको फेक ईन्काउन्टर गर्न अहिलेको प्रहरीलाई सोचेको जस्तो सहज छैन । गणेश लामा इन्काउन्टर गर्न प्रधानमन्त्रीको ग्रिनसिंग्नल नभई प्रहरीले आँट गर्ने सम्भव नै छैन । मन नपराएको प्रहरीको आईजी भएको बेलामा कसैको पनि ईन्काउन्टर गर्न उनले ग्रिन सिंग्नल दिने कुरै आउँदैन । एक महिनामा घर जान लाघेका आईजी र मेट्रोको एआईजीले पनि यो असम्भव भएको ईन्काउन्टरलाई सहयोग गर्ने सम्भव थिएन ।
प्रधामन्त्रीलाई सुरक्षा ब्रिफिङसम्म गर्न नपाएका नेपाल प्रहरीका आईजीले आफू मातहत प्रहरीलाई कसरी ईन्काउन्टरको आदेश दिन सक्छन् ? गणेश लामा माथि प्रहरीले इन्काउन्टर गर्न खोजेको भन्नु दिवा सपना मात्र हो ।
प्रहरीको हिरोइजम
वास्तबिक घटनाबारे जानकार रहँदा रहँदै पनि प्रहरीका हाकिमलाई हिरोइजम देखाउने सौख भएको कारण सञ्चार माध्यममा एक थरी समाचार सार्वजनिक भयो । गुण्डा नाईके गणेश लामा हतियार सहित पक्राउ । घटना स्थलमा लामालाई लक्षित गरी गोली प्रहार भएको घटना भने प्रहरीबाटै गुपचुप राख्न प्रयास भयो ।
एकोहोरो हतियार सहित पक्राउ परेको र थप अनुसन्धान भईरहेको जानकारी प्रहरीले सञ्चार माध्यममा दिदै आए । जसको कारण प्रहरीले नै ईन्काउन्टर गर्न खोजेको भान उनका परिवारलाई भयो । तत्काल घटनास्थल पुगेका प्रहरीले त्यहाँका प्रत्यक्षदर्शीसँग सोधपुक्ष गरेका थिए । पशुपति भिजनमा रहेका सुरक्षाकर्मी देखि गाडी पार्किङ गरेर आफ्ना बोसलाई कुरीरहेका गाडीका ड्राईभरले समेत घटना नजिकबाट देखेका थिए ।
उनीहरूको मैखिक बयान तत्काल प्रहरीले लिएका थियो । तर त्यो कुरा लुकाउन खोजियो । शान्ति सुरक्षा कायम गर्दै आपराधिक गतीविधिका सबै सूचना लिन भन्दै राजधानीमा दुई सय सुराकी परिचालन गर्ने एसएसपी विश्वराज पोखरेललाई डर पनि लाग्यो होला कँही यही गोली काण्डले मेरो सरूवा हुने त होइन । नामका अगाडी डनका ट्याग लागेका गणेश लामालाई हतियार सहित पक्राउ गर्दा उनि हिरो त हुने नै भए ।
मिडीयाको मनपरी
पाठकलाई निष्पक्ष समाचार दिने विश्वासका साथ खोलिएका सञ्चार माध्यममा आफूखुसी समाचार प्रकाशित भए । मै हुँ भन्ने पत्रकार र तिनका सञ्चार माध्यमले पनि प्रहरीलाई कोट गरेकै भरमा लामा हतियार सहित पक्राउ परेको समाचारलाई बिषेश प्रथामिकताका साथ प्रकाशित गरे ।
सानादेखि ठूला मिडीया हाउस कसैले पनि घटनास्थल गएर सत्यतत्थ बुझ्ने कोशिस गरेनन् । आज भन्दा दश बर्ष अगाडीको गणेश लामाको पुष्ठभूमीलाई जोडेर समाचार प्रकाशित गरियो । आजसम्म राज्यले लगाएको सबै अभियोगबाट सफाई पाएका लामा माथि एक फैजदारी अभियोग पनि पुष्टी हुन सकेको भने छैन । सम्पत्ती शुद्धीकरण सम्बन्धी एक मुद्दा भने बिशेष अदालतमा उनको विचाराधिन छ । राज्यले लगाएको हरेक अभियोगबाट सफाई पाइसकेको व्यक्तिलाई अपराधी भन्नु नेपालको काुननमा अर्को अपराध हो ।
गणेश लामा त एक पात्र मात्र हुन्, समाचारलाई चर्को भाउमा बिक्री गर्न कसैको चरित्रको धज्जी उडाउनु पनि अपराध हो भन्ने कुरा सञ्चारमाध्यमसँग जोडिएका जो कोहिले रामै हेक्का राख्नु पर्ने हुन्छ ।
आक्रमण गुण्डाबाट
गुण्डाको एक समुहले बिगत डेढ बर्षदेखि गणेश लामाको सफाया गर्न खोजेको थियो । एक महिना अगाडी प्रहरी ईन्काउन्टरमा मारिएका मनोज पुन र हाल कारागारमा रहेका समिरमान बस्नेतको समुहले लामालाई सफाया गर्न खोजेका थिए । तत्कालिन समयमा काभ्रेका दावा लामा गुज्जेश्वरीमा गोली प्रहार गरेका पुन र बस्नेत समुहले लामालाई समेत धम्की दिएका थिए ।
दावालाई गोली प्रहार गरेकै दिन नचिनेको नम्बरबाट लोप्साङ बोलको भन्दै तेरो पनि पालो आउँदैछ भनेर धम्क्याएका थिए । लामामाथि गोली प्रहार गर्ने यो समुहको योजना डेढ बर्ष अघिदेखि कै हो । तर स्थानीय चुनाव र प्रतिनिधी तथा प्रदेश सभाको चुनावको कारण लामा प्राय काभे्रतिर व्यस्त हुन पुगे । जसको कारण यो समुहको योजना सफल हुन सकेन ।
उता गौचन हत्या पश्चात प्रहरी आक्रमण शैलीमा यो समुहको खोजिमा लागेपछि लामाको सफायाको योजना तुहिएको थियो । बस्नेत पक्राउ र पुन ईन्काउन्टरमा मारिनु तथा एक दर्जन सहयोगी पक्राउ परेपछि प्रहरीले पनि अन्यको खोजिमा खासै चासो देखाएको छैन । यहि मौका मारेर बिगत एक महिनादेखि नियमित क्लवमा आउ जाउ गर्दै आएका लामा माथि गोली प्रहारी गरी हत्याको प्रयास भएको हो ।
बस्नेतका खास सहयोगी लोप्पसाङ, रोशन बुढाथोकी, अंमर राना मगरलाई प्रहरीले पक्राउ गर्न खासै चासो नदेखाएको हो वा पक्राउ गर्न नसकेको हो ? जसले यस्तो प्रकरण निरन्तर आइरहेको छ । लोप्साङ बस्नेतको खास सहयोगी हुन् । बुढाथोकी समिरको दाईको साला हुन् । रानामगर सेनाका भगौंडा हुन् । जो समिरको लागि काम गर्दै आएका सुटर मानिन्छन् । जुन कुरा प्रहरीको अनुसन्धानले देखाएको छ ।
उनीहरूकै योजनामा लामाको ज्यान मार्ने प्रयास भएको अनुमान सहजै गर्न सकिन्छ । लामाको हत्या पश्चात उनिहरू प्रहरी समक्ष आत्मसमर्पण गर्ने योजनामा थिए ।
गोली काण्ड पश्चात ठेकदारलाई फोन
गणेश लामालाई गोली प्रहार गरेको आधा घण्टा नबित्दै एक दर्जन ठेकदारलाई नचिनेको नम्बरबाट फोन गयो । फोन आउने क्रम आजसम्म जारी भएको ‘क’ बर्गका एक ठेकदारले बताएका छन् । नचिनेको नम्बरबाट आएको फोन भने प्रायः कसैले पनि उठाएका छैनन् । तर एक ठेकदारले भने उठाएका थिए । फोनमा आफूलाई लोप्साङको भाई बताउँदै ठेकदारलाई मुख छाडेर पैसा मागेका थिए । यस अघि पनि गौचन हत्या पश्चात सयौं व्यापारी र ठेकदारलाई फोन आएको थियो ।
-जनप्रहार साप्ताहिकबाट
Gobinda Neupane
सारा नेपाली हरुको दुर्भाग्य , यस्ता घोर अपराधी को त्यो गोलिले मुटु नै छियाछिया हुनुपर्ने नि।अझै कति नेपाली लाई मार्न लुट्नु छ अनि के मर्थ्यो।
Khagendra Hartamchhali
Yeslai pani inkauntar garnu parthiyo ani janta le sukha paune thiyo.
Kishan Karki
जस्ले हानेनी क भयो गुन्डा लाई हनेको त हो
Samir Shahi Thakuri
Police ho desh ma atanka machaunae kina sackdaena Resam lie inchouter garna
Chiran Bhattarai
वाहा डन हुनुन्छ वाहा लाई जेल हाल्नु रेसम चौधरी लाई जेल बाट मुक्त गर्नु दिपक मनाङे लाई फुलमाला ले स्वागत गर्नु नबराज सिल्वाल लाई अबिर जात्रा गर्नु केपि ओलि सरकार को मुख्य प्राथमिकता भित्र पर्न आउछ्न