विस्तृत शान्ति सम्झौताको १३ वर्ष पूरा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ५, २०७६
|
|
३४ पटक हेरिएको
Shares
विस्तृत शान्ति सम्झौताको १३ वर्ष पूरा

सारांश

  • काठमाडौँ ।
  • नेपाल सरकार र दश वर्ष सशस्त्र युद्ध गरेको तत्कालिन नेकपा (माओवादी)बीच विस्तृत शान्ति सम्झौता भएका १३ वर्ष पूरा भएको छ ।
  • नेपाल सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही नेकपा (माओवादी)का तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए।

काठमाडौँ । नेपाल सरकार र दश वर्ष सशस्त्र युद्ध गरेको तत्कालिन नेकपा (माओवादी)बीच विस्तृत शान्ति सम्झौता भएका १३ वर्ष पूरा भएको छ ।

नेपाल सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही नेकपा (माओवादी)का तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए।

शान्ति सम्झौतापछि देशमा जारी हिंसात्मक आन्दोलन औपचारिक रुपमा अन्त्य भएको थियो ।

सो सम्झौतामा सेना समायोजन तथा हतियार व्यवस्थापन, संविधानसभा चुनाव र संक्रमणकालीन न्याय टुंगोमा पुर्याउने विषयलाई प्राथमिकता दिइएको थियो।

अहिले विस्तृत शान्ति सम्झौताकै अभिन्न अंगको रूपमा रहेको संविधानसभाले संविधान निर्माण गरेर देश ७ प्रदेश ७७  जिल्लामा बर्गिकरण गरिएको छ ।

जसमा हाल ७ प्रदेशमा, प्रदेश सरकार, केन्द्रमा संघीय सरकार र स्थानीय स्तरमा स्थानीय सरकार गठन भईसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?