गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त, शुक्रबार शपथ हुने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १४, २०८०
|
|
१९ पटक हेरिएको
Shares
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त, शुक्रबार शपथ हुने

सारांश

  • गण्डकी ।
  • गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।
  • प्रदेशप्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पाण्डेलाई मुख्यमन्त्रीमा आज नियुक्त गरेका हुन् ।

गण्डकी । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेशप्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पाण्डेलाई मुख्यमन्त्रीमा आज नियुक्त गरेका हुन् ।

कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का सात र एक स्वतन्त्रसहित ३५ प्रदेशसभा सदस्यको समर्थन जुटाएर नेता पाण्डेले मुख्यमन्त्रीमा आजै दाबी पेस गरेका थिए ।

मुख्यमन्त्रीमा नियुक्त पाण्डे गोरखा–२ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । विश्वासको मत गुमाउँदै एमाले नेतृत्वको सरकार ढलेपछि यहाँ नयाँ गठबन्धन सरकार बनेको हो । मुख्यमन्त्रीको शपथ शुक्रबार हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

(Felbatol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?