गगन थापाले भने, सभापतिले गुट बनाउनु विधान विपरित

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २७, २०७५
|
|
३४ पटक हेरिएको
Shares
गगन थापाले भने, सभापतिले गुट बनाउनु विधान विपरित

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले पार्टीभित्र देखिएका गुटउपगुट अन्त्य गर्नुपर्ने बताएका छन् ।
  • संघीय संसद्, प्रतिनिधिसभाको बैठकपछि थापाले पार्टीको सभापति सबैको सभापति हो, सभापति नहुँदा गुटउपगुट बनाउन नमिल्ने बताए ।

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले पार्टीभित्र देखिएका गुटउपगुट अन्त्य गर्नुपर्ने बताएका छन् । संघीय संसद्, प्रतिनिधिसभाको बैठकपछि थापाले पार्टीको सभापति सबैको सभापति हो, सभापति नहुँदा गुटउपगुट बनाउन नमिल्ने बताए । तर सभापति हुँदा पनि गुट बनाउनु विधान विपरित हुन्छ, त्यसैले त्यसको अन्त्य गरिनुपर्छ ।”

नेता थापाले सरकारले स्वतन्त्र मधेश गठबन्धनका संयोजक चन्द्रकान्त राउत (सिके) समूहसँग गरेको सम्झौताका विषयमा आपत्ति जनाए । “सहमति पत्र सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री र नेकपाका अन्य नेताहरु समेत आफैँ सहभागी हुनुभएको छ, त्यस बारेमा सरकारले चित्त बुझ्दो जवाफ दिनुपर्छ”, थापाले भने ।

शुक्रबार सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र डा स्वतन्त्र मधेश गठबन्धनको तर्फबाट संयोजक सिके राउत समूहसँग ११ बुँदे सहमति भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?